close

यसकारण चाहिन्छ मार्केटिङ, गर्ने कसरी ?

टेकपाना टेकपाना

असोज २४, २०७७ १५:२७

यसकारण चाहिन्छ मार्केटिङ, गर्ने कसरी ?

तपाईंसँग उत्तम व्यवसायिक सोच र उत्पादन छ । बजारले यसबाट धेरै लाभ लिनेमा तपाईं ढुक्क हुनुहुन्छ । तर, बिडम्बना कसैले पनि तपाईंको वस्तु वा सेवाप्रति चासो दिँदैनन् । ठूला घरानालाई मात दिने सेवा हुँदाहुँदै पनि किन कसैले तपाईंको सेवा प्रयोग गर्दैनन् त ?

यसको अर्थ हो तपाईंले व्यवसाय त सुरू गर्नुभयो, तर कसैलाई यसको बारेमा थाहा भएन । तपाईं एक व्यवसाय गर्दै हुनुहुन्छ तर तपाईं आफ्नो पैसा मार्केटिङ (बजारीकरण) र विज्ञापनमा खर्च गर्नुहुन्न भने यो अन्धकारमा मन परेको व्यक्तिलाई आँखा झिम्काए जस्तै हो।

तपाईंले आँखा त झिम्काउनुभयो तर कसैले चाल पाएनन् । यही यथार्थ व्यवसायसँग मेल खान्छ । तपाईंले व्यवसाय निर्माण त गर्नुभयो, तर कसैलाई थाहा छैन।

नेपाली बजारमा ठूलो लगानीका साथ सञ्चालन भइरहेको दराज ईकमर्सको उपस्थिति एकातिर छ, अर्कोतिर मध्यम लगानी वा स्टार्टअप चरणबाट माथि उक्लँदै गरेका सस्तो डिल, ग्यापु जस्ता व्यवसायीहरुले पनि सेवाग्राहीहरुको संख्या बढाइरहेका छन्, सन्तुष्ट पारिरहेका छन् ।

त्यस्तै एनआईसी एसिया बैंक कसरी नेपालको सबैभन्दा ठूलो बैंकमध्येकाे एक बन्यो ? कसरी टुपीएम चाउचाउले बाउन्स ब्याक गरिरहेकाे छ ? किन कोकाकोलाको दोस्रो विकल्प छैन ? यो सबैकाे पछाडि मार्केटिङ छ ।

मार्केटिङ भनेको लक्षित ग्राहकहरुसँग एक सम्बन्ध बनाउनु हो। यस्तो सम्बन्ध जसले सधै तपाईंलाई नै रुचाउँछ ।

  • मार्केटिङले अधिक मानिसहरूलाई तपाईंको उत्पादन सेवाबारे सूचित गर्दछ ।
  • मार्केटिङले विश्वास र ब्राण्डिङमा मद्दत गर्दछ ।
  • मार्केटिङले तपाईंको बिक्री बढाउन मद्दत गर्दछ ।
  • मार्केटिङले नयाँ उत्पादन आदि परिचय गर्न मद्दत गर्दछ।

मार्केटिङ कुनै पनि कम्पनीको अधिकतम लक्ष्य हुनुपर्दछ। मार्केटिङ गरेर तपाईं अधिक ग्राहक पाउनुहुन्छ। अधिक ग्राहकको अर्थ अधिक बिक्री हुन्छ, जसले बढी नाफा कमाउँछ।

जब त्यहाँ राम्रो नगद प्रवाह हुन्छ, कसैले पनि तपाईंको क्षेत्रको सबैभन्दा राम्रो कामदार लिन/रोक्न सक्दैन। कुनै पनि व्यवसायको मुख्य लक्ष्य भनेको पैसा कमाउनु हो र तपाईं केवल तब कमाउन सक्नुहुन्छ, जब मानिसहरूलाई थाहा हुन्छ तपाईंसँग अद्भुत सेवा छ।

मान्छेले कसरी तपाईंको बारेमा थाहा पाउँछन त ? यसकाे सजिलाे उत्तर भनेकै मार्केटिङ हाे । तपाईंकाे व्यापार विज्ञापन गर्न हजारौं लाखौं तरिका छन् । तपाईंको व्यवसायलाई विज्ञापन गर्ने केही सामान्य तरिकाहरू यस्ता छन् :

  • सोसल मिडिया मार्केटिङ
  • सर्च इन्जिन अप्टिमाइजेशन
  • प्रदर्शन विज्ञापन
  • प्रेस विज्ञप्ति
  • ब्लगिङ
  • वेब डेभलपमेन्ट
  • ग्रोथ ह्याकिङ टेक्निक
  • भिडियो विज्ञापन निर्माण, अन्य

कुनै पनि तरिकाको मार्केटिङको लागि योजना गर्नुअघि यो निश्चित गर्नुहोस् कि तपाईंले आफ्नो ‘बाइङ परसनाे’ बनाउनु भएको छ। जसलाई तपाईं तपाईंको उत्पादन बेच्न चाहनुहुन्छ। तिनीहरूको उमेर, लिङ्ग, रुचि, भूगाेल, मनोविज्ञान जान्नुहोस्। त्यसो भएपछि तपाईंले ग्राहकको आवश्यकता र चाहना बुझ्न सक्नुहुनेछ।

तपाईंले बुझ्नुपर्दछ कि तिनीहरूले कसरी संसारलाई हेर्दछन्। यसले सामाजिक प्रमाण देखाउनुपर्दछ वा केही भावना वा ट्रिगर वा केही कथा भन्नुपर्दछ (ताकि ग्राहकको सम्झनामा आओस्।)

मार्केटिङमा धेरै चिजहरू छन् । हो, सबैलाई आफैं मार्केटिङ गर्नको लागि गाह्रो छ। नेपालमा हुनुहुन्छ भने व्यवसायिक डिजिटल मार्केटिङ एजेन्सीलाई सम्पर्क गर्नुहोस्, जसले यस्ता सेवाहरू प्रदान गर्दछन् र तपाईंको व्यापार बढाउन सहयोग गर्दछन्।

(लेखक मार्केटिङ इन नेपालका बिजनेश एनालिस्ट हुन्)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४