काठमाडौं । ईकमर्स कम्पनी सस्तोडिल डटकमले दशैंको अवसर पारेर ’बिग डिल एट सस्तोडिल’ अफर ल्याएको छ । असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म चल्ने अफरमा उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने सस्तोडिलका संस्थापक अमुन थापाले बताए।
सस्तोडिलको अफर अनलाइन सपिङ माध्यमको सबैभन्दा ठूलो मेला भएको थापाले बताए। यसले देशभरका विक्रेताहरुको उत्पादनहरुलाई एउटै प्लेटफर्ममा सामेल गर्नेछ ।
विभिन्न आकर्षक अफरसँगै निःशुल्क होम डेलिभरी गरिने उनले जानकारी दिए । यो योजनामा पछिल्लो समय बजारमा रुचाइएका र उत्कृष्ट ३० भन्दा बढि उत्पादनहरू समावेश गरिनेछ बताइएको छ।
पुरुष तथा महिलाको फेसन, स्मार्टफोन र ट्याबलेटहरू, घरायसी उपकरण, साङ्गीतिक उपकरण लगायतका उत्कृष्ट उत्पादन उपभोक्ताले फेला पार्न सक्ने थापाले जानकारी दिए ।
ज ड्रपिङ डिस्काउन्टः यो अफर सपिङ मेलाको सबैभन्दा आकर्षण मानिएको छ जसअन्तर्गत ३० भन्दा बढी लोकप्रिय ब्रान्डका सामान ८० प्रतिशत सम्म छुट व्यवस्था छ ।
फ्ल्यास सेल र विशेष ब्रान्डः हरेक दिन सस्तो डिलमा पाँचवटा फ्ल्यास सेलमा भारी छुटका साथ सार्वजनिक गर्नेछन् । विशेष ब्रान्ड सम्झौतामा केटीएम सिटी, अन्ता, टाइटन, मिचा, नाइके, स्किचर्स, क्यालिबर, बल्ट्रा, सामसुङ, सीजी इलेक्ट्रोनिक्स, एलजीलगायत अन्य ब्रान्डका उत्पादनहरु सामेल हुनेछन् । यो अफर असोज २७ गतेदेखि कात्तिक १ गते सम्म लागू हुनेछ ।
लक्की ड्र र गिफ्ट ह्याम्परः उपभोक्ताले लक्की ड्र मार्फत एसडी स्क्र्याच कार्डका विभिन्न गिफ्ट पाउनेछन् । ग्राहकहरूले हरेक डेलिभरीको साथ एक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् ।
जस अन्तर्गत उपभोक्ताले १० हजार रुपैयाँ बराबरको छुट र ४९ इन्चको मारक्यु टिभी बम्पर पुरस्कार पाउनेछन् । लक्की ड्र हरेक दिन गरिने बताइएको छ ।
उपभोक्ताहरुले हरेक दिन १२ वा सोभन्दा बढी उपहार जित्न अवसर पाउनेछन् । उपहारमा स्मार्टफोन र स्मार्ट ग्याजेटहरू समावेश छन् ।
यो योजनामा ग्राहकरुले अर्डर गरेपछि स्वचालित रूपमा त्यस विशेष दिनको लक्की ड्रमा ग्राहकहरु समावेश हुनेछन् । अर्डर गरेको भोलिपल्ट सस्तो डिलको अफिसियल फेसबुक पेजबाट ७ बजे लाइभ मार्फत उपहार घोषणा गरिनेछ।
अन्य छुट भौचरहरूः ग्राहकहरूले सस्तोडिलको वेबसाइटबाट खरिद गर्दा ५ हजारभन्दा बढीको छुट उपलब्ध हुनेछ । यी अतिरिक्त छुटको मज्जा लिन ग्राहकहरूले ’चेकआउट’ पृष्ठमा छुट कोड भर्नु पर्नेछ । जुन छुट रकम स्वचालित रूपमा कुल रकमबाट घटाइनेछ ।
क्यासब्याक अफरः सस्तोडिलले मोबाइल वालेट आईएमई पे र बैंकहरू एनआईसी एसिया, एचबीएल, एनएमबी बैंक, एनआईबीएल र सनिमा बैंकसँगबाट भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म क्यास ब्याक दिने बताइएको छ ।
आफ्नो मनपर्ने उत्पादनहरूमा छुटको लागि पर्खिरहेका ग्राहकका लागि सस्तो डिलको अनलाइन मेला आकर्षणको केन्द्र हुने बताइएको छ।
कोभिड १९ का कारण सुरक्षा सावधानी अपनाउँदै घरै बसेर सपिङ गर्न चाहने ग्राहकका लागि सस्तो डिल उत्कृष्ट गन्तव्य बनेको थापाले बताए।
सस्तोडिलको अनलाइन मेलाले केवल ठूला ब्रान्ड मात्र होइन साना र मध्यम व्यवसायका आकर्षक उत्पादनहरू पनि ल्याउने र उनीहरुको व्यवसायको प्रवर्द्धनमा सघाउने बताइएको छ।