close

फोरजी प्रविधि सहित फेरी आउँदै पुराना नोकिया ८००० र ६३००

टेकपाना टेकपाना

कात्तिक २२, २०७७ १८:३२

फोरजी प्रविधि सहित फेरी आउँदै पुराना नोकिया ८००० र ६३००

काठमाडौं । फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबल नोकिया पुनः एक पटक पुराना फोन सार्वजनिक गर्ने तयारीमा छ । जर्मन साइट विनफ्युचरको रिपोर्ट अनुसार कम्पनीले नोकियाका पुराना लोकप्रिय फोन नोकिया ८००० र नोकिया ६३०० लाई फेरी सार्वजनिक गर्नेछ ।

यद्यपी यी नयाँ मोडेल फोरजी कनेक्टिभिटी सहित आउनेछन् । यी फोनहरु नोकियाका निकै लोकप्रिय ह्याण्डसेटको रुपमा रहेका थिए ।

यो जानकारी टिलियाको उक्त रिपोर्टमा आधारित छ, जसमा वाई कलिङ सपोर्ट गर्ने स्मार्टफोनको सूची सार्वजनिक गरिएको थियो । जसमा नोकिया ६३०० र नोकिया ८००० फोरजी समेत देखिएका छन् ।

नोकिया ८००० सिरिजको फोनमा स्लाइडर डिजाइन हुने गर्दथ्यो । यस्तोमा नोकिया ८००० फोरजी फोनमा समेत त्यस्तै डिजाइन हुनसक्ने अपेक्षा गरिएको छ ।

रिपोर्ट अनुसार कम्पनीले यी दुई ह्याण्डसेट यसै वर्षको अन्त्यसम्म सार्वजनिक गर्न सक्नेछ । अर्को बुझाई के पनि छ भने यी फोन नोकिया ६.३ र नोकिया ७.३ सँगै सार्वजनिक हुन सक्नेछन् ।

एचएमडी ग्लोबलले नोकिया ३३१० लाई समेत यस अघि नै फोरजी भेरियन्टमा सार्वजनिक गरिसकेको छ । त्यससँगै नोकिया ८८० बनाना फोन, नोकिया २७२० र नोकिया ५३१० एक्सप्रेस म्यूजिक फोन समेत सार्वजनिक भइसकेका छन् ।

नोकिया ६३०० र नोकिया ८००० फिचर फोनको रुपमा सार्वजनिक हुने बताइएको छ । यद्यपी यी फोनमा काईओएस हुनसक्ने ठानिएको छ ।

जसबाट फेसबुक, ह्वाट्सएप जस्ता एप समेत चलाउन सकिनेछ । कम्पनीले नोकिया ६३०० लाई सन् २००७ मा सार्वजनिक गरेको थियो । यसमा दुई इन्चको डिस्प्लेको साथमा दुई मेगापिक्सेलको क्यामेरा राखिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०