close

सिटी एक्सप्रेस र हङकङको वेरेज रेमिट्यान्सबीच कारोबार सुरु

टेकपाना टेकपाना

कात्तिक २४, २०७७ १८:१६

सिटी एक्सप्रेस र हङकङको वेरेज रेमिट्यान्सबीच कारोबार सुरु

काठमाडौं । हङकङको ख्यातिप्राप्त वेरेज रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । हङकङमा रहेका नेपालीहरुले वेरेज रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

सिटी एक्सप्रेससँग आबद्ध १० हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने छ । नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र वेरेज रेमिट्यान्सको तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरे ।

यही नोभेम्बर ३० तारिकसम्म वेरेज रेमिट्यान्सबाट सिटी एक्सप्रेसमार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा विगत १४ वर्षदेखि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०