close

बुधबार ग्यापुको ११.११ सेल, इलेक्ट्रोनिक्स सामानमा ८० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

कात्तिक २५, २०७७ १४:१३

बुधबार ग्यापुको ११.११ सेल, इलेक्ट्रोनिक्स सामानमा ८० प्रतिशतसम्म छुट

काठमाडाैं । ई-कमर्स कम्पनी ग्यापुले सबै इलेक्ट्रोनिक्स सामानमा भाेलि बुधबार ‘इलेभेन-इलेभेन’ सेलको घोषणा गरेको छ।

इलेक्ट्रोनिक्स सामानमा ८० प्रतिशत सम्म छुट भएको बताइएको छ। कम्पनीका अनुसार सीएफ मोटर्सको बाइक र गाडी र टुनबालको इलेक्ट्रिक स्कुटर एक्सक्लुसिभ मूल्यमा उपलब्ध हुनेछ ।

बुधबार गरिएकाे सपिङ अर्डरको दोस्राे दिन डेलिभरी हुने ग्यापुका अध्यक्ष ज्ञानेन्द्र खड्काले बताए । इलेभेन-इलेभेन सेलमा सपिङ्ग गर्नेमध्ये एक जनालाई सरप्राइज बम्पर उपहार दिइने खड्काले बताए।

इलेभेन-इलेभेन सेलमा सामान खरिद गर्नेले दशैं तिहार धमाकाको बम्पर लगायतका उपहारमा समेत सहभागी हुन पाउने र टुनुवाल स्कुटर जित्ने मौका पनि रहेको खड्काले बताए।

ग्यापुका अध्यक्ष ज्ञानेन्द्र खड्काको जन्म दिनको अवसरमा इलेभेन-इलेभेन सेल आयोजना गरिएको कम्पनीले बताएको छ। ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आईएमई पे कनेक्ट आईपीएस र ईसेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०