close

माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, जित्नेलाई ५० हजार पुरस्कार

टेकपाना टेकपाना

कात्तिक ३०, २०७७ ११:२०

माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, जित्नेलाई ५० हजार पुरस्कार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ ।

देउसी भैलोमा सहभागी हुन सहभागीहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देशमूलक देउसी भैलो गीत भिडियो बनाएर बैंकको आधिकारिक फेसबुक पेजमा इनबक्समा पठाउनुपर्ने छ ।

यसरी प्राप्त भिडियोमध्ये सर्वोत्कृष्ट प्रस्तुतिले ५० हजार रूपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट प्रस्तुति बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।

सहभागीहरुले बढीमा ३ मिनेटसम्मको भिडियो भाेलि साेमबारसम्म पठाउनु पर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०