close

क्यामेरा सौखिनका लागि ‘भिभो भी ट्वान्टी’, यस्ता छन् आकर्षक फिचर

टेकपाना टेकपाना

मंसिर १४, २०७७ १२:५४

क्यामेरा सौखिनका लागि ‘भिभो भी ट्वान्टी’, यस्ता छन् आकर्षक फिचर

काठमाडौं । मोबाइल हाम्रो जीवनशैलीको एउटा अभिन्न अङ्ग जस्तै बनिसकेको छ । यो अब एउटा सञ्चारको उपकरण मात्र रहेन । 

तपाईंको हातमा भएको स्मार्टफोनलाई एकपटक हेरेर सोच्नुहोस् त तपाईं त्यसमा के कस्ता कामहरु गर्न सक्नुहुन्छ । मेल बनाउनदेखि साथीभाइसँग कल गर्न, आफूलाई मन परेको सुन्दर दृश्य कैद गर्नदेखि सेल्फी कैद गर्न अनि आफूलाई मन परेको शाे हेर्न सक्नुहुन्छ । 

आजको समयमा फोन एउटा सञ्चारमाध्यको उपकरण मात्र रहेन । मान्छेले क्षमता अनुसार यसको भरपुर प्रयोग गरेर आफ्नो कला सीप निखार्न सक्छन् । 

सेल्फीदेखि स्वयंकाे अभिव्यक्ति 

आजको समयमा स्मार्टफोन उत्पादकत्वको विषय मात्रै होइन, यो एउटा सृजनशिलता पनि हो । स्मार्टफोनले हाम्रो जीवनलाई स्वयमको अभिव्यक्तिका लागि नयाँ विधिहरुसँग परिचित गराएको छ ।

हामीले प्रयोग गर्ने स्मार्टफोनहरु सोसल मिडियासम्म पुग्ने बाटाहरु हुन् । जहाँ हामीले हाम्रो विचार, संवेग र गतिविधिको जानकारी सबैलाई दिन सक्छौं र अरुको लिन सक्छौं । 

४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेरा :

भिभो भी ट्वान्टी स्मार्टफोनमा भएको ४४ मेगापिक्सलको आई अटोफोकस फ्रन्ट क्यामेराबाट तपाईंले फोकस र क्लियर तस्वीर पाउन सक्नुहुन्छ । यसमा सुपर कुल अटोफोकस क्षमता छ ।

यो अटोफोकस क्षमताले क्यामेराको फोकस तानेर तपाईंलाई स्पोटलाइटमा राखिदिने काम गर्दछ । चाहे तपाईं कुनै गुडिरहेको कारमा होस् वा हलचल गरिरहेको आफ्नो पाल्तु जनावरसँग तस्वीर लिनुहोस्, क्यामेराको फोकसमा तपाईं राम्रोसँग पर्न सक्नुहुन्छ । 

सिर्जनशिलतालाई सहयोग पुर्‍याउन भिभो भी ट्वान्टी अभूतपूर्व क्यामेरा क्वालिटी पनि छ । 

६४ एमपीको पृथक रियर फोटोग्राफी: 

भिभो भी ट्वान्टी मा भएको ६४ मेगापिक्सलको अल्ट्रा क्लियर मेन क्यामेराले तपाईंलाई कुनै पनि दृश्यलाई उत्कृष्ट स्वरुपमा उतार्न मद्दत गर्दछ । यसमा अटोफोकस फिचर मात्र होइन, अन्य फिचर जस्तै बुके, सुपर म्याक्रो र ब्ल्याक एण्ड ह्वाइट फिल्म इफेक्ट्स पनि छन् । 

स्टेडीफेस सेल्फी भिडीयो: 

भिभो भी ट्वान्टी को स्टेडीफेस सेल्फी भिडीयो फिचरबाट तपाईंले ब्लररहित भिडियो लिन सक्नुहुन्छ जसले तपाईंको भव्य जीवनशैलीलाई सोकेस गरिदिनेछ ।

स्लो मो सेल्फी भिडियो: 

यसमा भएको स्लो मो सेल्फी भिडीयो फिचरबाट तपाईले उत्कृष्ट र सृजनात्मक किसिको भिडीयो निकाल्न सक्नुहुन्छ । 

डुअल भ्यु भिडियो: 

डुअल भ्यु भिडियो फिचरबाट तपाईंले एकैपटक ब्याक र फ्रन्ट क्यामेरामा शुट गर्न सक्नुहुन्छ । एउटै क्याेरा सेटअपबाट शुट गर्नुपर्ने बाध्यतालाई यसले अन्त्य गरिदिएको छ । 

फोरके सेल्फी भिडियो: 

भिभो भी ट्वान्टी को क्यामेराबाट तपाईंले पछिल्लाे प्रविधियुक्त क्यामेराकाे स्वाद लिन सक्नुहुनेछ । यसबाट तपाईले सेल्फी भिडीयोमा पनि फोर के क्वालिटी पाउन सक्नुहुन्छ । 

मोसन अटोफोकस र स्मार्ट जुमिङ:

यी दुवै फिचरले सब्जेक्टलाई फ्रेमको केन्द्रमा राखिदिन्छ । तपाईं जुम आउट गर्नुहोस् वा जुम इन तपाईंको हात हल्लिरहेको छ भने पनि तपाईंको तस्वीरको सब्जेक्ट सधै फोकस्ड हुने गर्छ । 

इन्स्ट्यान्ट भ्लग :

यो स्मार्टफोनको अर्को रुचाइएको फिचर भनेको इन्स्ट्यान्ट भ्लग हो । यो फिचरबाट तपाईंले सामग्रीलाई टिकटकजस्ता सोसल मिडिया प्लेटफर्ममा सिधै अपलोड गरी शेयर गर्न सक्नुहुन्छ । 

मेमोरी रिकलर :

यस फिचरबाट तपाईंले आफ्नो विगतलाई स्मरण गर्न सक्नुहुन्छ । मेमोरी रिकलरले तपाईंको पुरानो तस्वीरलाई क्लियर रुपमा रिस्टोर गरिदिन सक्छ । यसको स्मार्ट कलरिङ टुलले तपाईंको पुरानो तस्वीरको कलरलाई थप राम्रो र आकर्षिक बनाउन सक्छ । 

फोटो तथा भिडियोग्राफीमा यति धेरै आकर्षक फिचर बोकेर प्रयोगकर्ताको कलालाई निखार्ने भिभो भी ट्वान्टीको फोन अहिले भिभोको जुनसुकै रिटेल आउटलेटमा ४७ हजार ९९० रुपैयाँमा पाउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०