close

निःशुल्क रुपमा स्मार्ट मिटर जडान गर्दै विद्युत प्राधिकरण

टेकपाना टेकपाना

मंसिर १५, २०७७ १७:२०

निःशुल्क रुपमा स्मार्ट मिटर जडान गर्दै विद्युत प्राधिकरण

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले निःशुल्क रुपमा स्मार्ट मिटर जडान सुरु गरेको छ । प्राधिकरणले ठेकेदार कम्पनी पिङ्गाओ विज्डम ज्वाइन्ट भेञ्चर काठमाडौं उपत्यकाको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत रहेका उपभोक्ताहरुका लागि स्मार्ट मिटर जडान गरेर याे कार्यकाे सुरूवात गरेकाे हाे ।

उक्त स्मार्ट मिटर नेपाल विद्युत प्राधिकरणबाट निःशुल्क रुपमा जडाने गरिने हुँदा मिटर जडान कार्यमा सम्बन्धित उपभोक्ताहरुलाई कुनै पनि शुल्क नलाग्ने भएकाले मिटर कार्यमा खटिने व्यक्तिहरुलाई कुनै किसिमको रकम उपलब्ध नगराउन अनुरोध गरिएको छ ।

मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिन लागिएको हो ।

स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ ।

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । विद्युत् खपतको डेटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबाट मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिनेछ ।

मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुने छ । कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने बताइएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०