काठमाडाैं । एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपाल (आइडिया नेपाल)ले क्षमता–विकाससम्बन्धि नि:शुल्क अनलाइन तालिम प्रदान गर्न थालेको छ । यसअन्तर्गत दक्ष जनशक्तिको विकास गर्न विभिन्न किसिमका छोटो अवधिका तालिम सञ्चालन गरिएकाे हाे ।
सम्बन्धित विषयका विशेषज्ञ झिकाएर तथ्यांक विश्लेषण तथा एकेडेमिक आर्टिकल लेखन, ग्राफिक डिजाइनिङ्ग, मोबाइल तथा इलेक्ट्रोनिक्स सामान रिपियरिङ्ग, प्लम्बिङ्ग, इलेक्ट्रिसियन, बाख्रापालन, माछापालन, बट्टाइ तथा कालिज पालन, व्युटिसियन, फिजियोथेरापी जस्ता २० भन्दा बढि तालिम दिने संस्थाले उल्लेख गरेकाे छ ।
आइडिया नेपालले तालिम लिएर काम गर्न सक्ने जनशक्तिलाई रोजगारीको व्यवस्था समेत गर्ने जनाएको छ । यी तालिम कार्यक्रममा नि:शुल्क, अनलाइनमा आधारित र इच्छुक जो कसैले पनि भाग लिन पाउनेछन् । कम्पनीकाे वेबसाइटमा भिजिट गरेर यसबारे बुझ्न र तालिम लिन सकिन्छ ।
गत हप्तादेखि सुरू विभिन्न विषयमा तालिम सुरू भएकाे जानकारी आइडिया नेपालका प्रमुख प्रा.डा. जीवनाथ धितालले दिए । टेकपानासँगकाे कुराकानीमा उनले देशमै पर्याप्ट सीपकाे विकास गरेर बेराेजगारीकाे समस्या हटाउन पहल गरिएकाे बताए ।