close

वालिङ नगरपालिकाको राजस्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने

टेकपाना टेकपाना

मंसिर १८, २०७७ १७:११

वालिङ नगरपालिकाको राजस्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने

स्याङ्जा । अब वालिङ नगरपालिका बासिन्दाले खल्ती डिजिटल वालेटबाट राजस्व तिर्न सक्ने भएका छन् । त्यसका लागि खल्ती र वालिङ नगरपालिकाबीच एक सम्झौता भएको छ ।

नगरपालिकाका बासिन्दाले सम्पत्ति लगायत विभिन्न प्रकारका राजस्व तथा सेवा लिएवापत सेवा शुल्क भुक्तानी गर्नुपर्छ । सो शुल्क ‘खल्ती’ का ग्राहकले खल्तीको वेबपेज अथवा मोबाइल एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।

त्यसका लागि वेब तथा एपमा सरकारी सेवा मेन्युमा गई वालिंङ नगरपालिका छनोट गरी आवश्यक शुल्क भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ ।

सेवाग्राहीको भिड भइरहने नगरपालिकामा मोबाइलमा रहेको खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएपछि सेवाग्राहीलाई निकै सहज हुने अपेक्षा गरिएकाे छ ।

खल्तीका संस्थापक तथा निर्देशक अमित अग्रवालले यस सम्झौताले डिजिटल नेपालको सपना पुरा गर्नेतर्फ खल्ती एक पाइला अझ नजिक पुगेको बताए । 

‘खल्ती’ एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएसका लागि एप स्टोर मार्फत डाउनलोड गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०