close

सस्तो फाइभजी फोन भिभो वाई ५२ एस सार्वजनिक

टेकपाना टेकपाना

मंसिर २३, २०७७ १०:२५

सस्तो फाइभजी फोन भिभो वाई ५२ एस सार्वजनिक

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले मिड रेञ्जमा आफ्नो पछिल्लो नयाँ फाइभजी स्मार्टफोन भिभो वाई ५२ एस सार्वजनिक गरेको छ । ८ जीबीसम्मको र्‍याम भएको यो फोनमा ४८ मेगापिक्सेलको क्यामेरा तथा डुअल इन्जिन फास्ट चार्जिङ लगायतका आकर्षक फिचर रहेका छन् ।

कम्पनीले सस्तो मूल्यका साथ ल्याएको यो फाइभजी फोन हाललाई चीनमा सार्वजनिक गरेको हो । यसको सुरुवाती मूल्य १५९८ यूआन रहेको छ । चीनमा यसको बिक्री १२ डिसेम्बरदेखि हुनेछ ।

कम्पनीले यो फोन नेपालमा समेत चाँडै सार्वजनिक गर्ने आशा गरिएको छ । भिभो वाई ५२ एसको स्पेसिफिकेसनः फोनमा १०८० बाई २४०८ पिक्सेल रेजोलुसनका साथ ६.५८ इन्चको फुल एचडी प्लस डिस्प्ले राखिएको छ ।

डिस्प्लेको आस्पेक्ट रेसियो २०.१.९ रहेको छ । साथै डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट छ । ८ जीबीसम्मको र्‍याम तथा १२८ जीबी इन्टरनल स्टोरेजका साथ आएको यो फोनमा मिडियाटेक डाइमेन्सिटी ७२० एसओसी प्रोसेसर राखिएको छ ।

ओएसको कुरा गर्ने हो भने डुअल नानो सिमकार्ड सपोर्ट गर्ने यो स्मार्टफोन फनटच ओएसमा चल्ने गर्दछ । फोटोग्राफीका लागि यो फोनमा डुअल रियर क्यामेरा सेटअप दिइएको छ ।

यसमा ४८ मेगापिक्सेलको प्राइमरी लेन्स र दुई मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । सेल्फीका लागि यो फोनमा ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

साइड माउण्ट फिंगरप्रिन्ट सेन्सरयुक्त यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले १८ वाट डुअल इन्जिन फास्ट चार्जिङलाई सपोर्ट गर्दछ ।

कनेक्टिभिटीका लागि यसमा फाइभजी, फोरजी एलटीई, वाई फाई, ब्लुटुथ भर्सन ५.१, जीपीएस तथा ए-जीपीएस, यूएसबी टाइप सी र ३.५ एमएम हेडफोन ज्याक जस्ता अप्सन रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०