काठमाडौं । लोकप्रिय स्मार्टफोन ब्राण्ड वनप्लसले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन वन प्लस एट प्रो सार्वजनिक गर्ने भएको छ । नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज् प्रालिले यो फोन नेपाल भित्र्याउने भएको हो ।
यो फोनमा १२० हर्ज रिफ्रेश रेट भएको ६.७८ इन्चको फ्ल्युड एमोलेड एचडीआर टेन प्लस डिस्प्ले राखिएको छ । कर्निङ गोरिल्ला ग्लास तथा आईपी ६८ डस्ट तथा वाटर रेसिस्टेन्ट प्रोटेक्सन रहेको वन प्लस एट प्रो टुजी, थ्रीजी, फोरजी र फाइभजी कनेक्टिभिटीका साथ बजारमा आउनेछ ।
यसमा क्वालकम स्नापड्रागन ८६५ (७ एनएम प्लस) प्रोसेसर राखिएको छ भने यसमा एड्रिनो ६५० जीपीयू रहेको छ । यो फोन १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेजका साथ खरिद गर्न सकिनेछ ।
यसमा ४८ एमपी मेन क्यामेरा सहित चार वटा क्यामेरा राखिएका छन् । जसमा एफ/१.८ रहेको छ । यसको साथमा ८ मेगापिक्सेलको टेलिफोटो लेन्स, ४८ मेगापिक्सेलको अल्ट्रावाइड लनस र पाँच मेगापिक्सेलको अलर फिल्टर क्यामेरा प्रयोग गरिएको छ ।
जसबाट ३० तथा ६० फ्रेम पर सेकेन्डमा फोरकेसम्मको भिडियो रेकर्ड गर्न सकिन्छ । यसमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।
४५१० एमएएच क्षमताको ब्याट्री रहेको यो फोन ३० वाट फास्ट चार्जिङको साथमा उपलब्ध हुनेछ । जसबाट २३ मिनेटमै ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ ।
कनेक्टिभिटीका लागि फोनमा यूएसबी टाइप सी ३.१ पोर्ट रहेको छ । सेक्युरिटीका लागि यो फोनमा फेस अनलक र डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर राखिएको छ । यसको मूल्य एक लाख २५ हजार ९९९ रुपैयाँ राखिएको छ ।