close

इन्टरनेट जडान गर्न पत्रकारलाई २० हजारसम्म अनुदान

टेकपाना टेकपाना

मंसिर २६, २०७७ ९:५९

इन्टरनेट जडान गर्न पत्रकारलाई २० हजारसम्म अनुदान

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकारलाई इन्टरनेट जडान गर्दा २० हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउन सक्ने गरी नीतिगत व्यवस्था गरेको छ । पत्रकारिताको विकास र विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यसहित मिडिया विकास कोषबाट यस्तो अनुदान उपलब्ध गराइने काउन्सिलले जनाएको हो ।

काउन्सिलका अनुसार यस्तो अनुदान अति दुर्गम क्षेत्र एवम् दलित, महिला, अल्पसङ्ख्यक समुदाय तथा अपाङ्गता भएर पत्रकारिता गरिरहेका, न्यून आय भएका पत्रकारलाई उपलब्ध गराइनेछ । अनुदान प्राप्त गर्न सञ्चारमाध्यम कम्तिमा तीन बर्षदेखि नियमित सञ्चालनमा रहेको र पत्रकारको हकमा कम्तिमा पाँच वर्ष पत्रकारिता गरेको हुनपर्नेछ ।

उपलब्ध गराइने अनुदान प्रत्येक प्रदेशमा एक वर्षमा बढीमा २/२ जना पत्रकारले मात्र प्राप्त गर्नेछन् । काउन्सिलले यस्तो अनुदान प्राप्त गर्न शुक्रबारदेखि गणना हुने गरी एक महिनाभित्र उल्लेखित योग्यता पुग्ने प्रमाणित हुने बिल समेतका कागजात र नेपाल पत्रकार महासंघको सिफारिससहित निवेदन दिन सक्ने उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४