close

ओप्पो रेनो फाइभ र रेनो फाइभ प्रो सार्वजनिक, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

मंसिर २६, २०७७ १३:१०

ओप्पो रेनो फाइभ र रेनो फाइभ प्रो सार्वजनिक, यस्तो छ फिचर र मूल्य

काठमाडौं । ओप्पोले आफ्नो रेनो फाइभ सिरिजका फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले रेनो फाइभ सिरिजमा दुई नयाँ स्मार्टफोन ओप्पो रेनो फाइभजी र ओप्पो रेनो फाइभ प्रो फाइभजी सार्वजनिक गरेको हो ।

दुवै स्मार्टफोनमा पञ्च होल डिस्प्लेका साथै चार वटा रियर क्यामेरा दिइएको छ । कम्पनीले यी दुवै स्मार्टफोन हाललाई चिनियाँ बजारमा सार्वजनिक गरेको हो ।

चीनमा ओप्पो रेनो फाइभजीको सुरुवाती मूल्य २६९९ युआन अर्थात ४८ हजार ५०० रुपैयाँ तथा ओप्पो रेनो फाइभ प्रो फाइभजीको सुरुवाती मूल्य ३३९९ युआन अर्थात ६१ हजार रुपैयाँ रहेको छ । चीनमा यी दुवै स्मार्टफोनको बिक्री १८ डिसेम्बरदेखि सुरु हुने बताइएको छ ।

ओप्पो रेनो फाइभ प्रोको स्पेसिफिकेसन तथा फिचर

यो फोनमा २४०० बाई १०८० पिक्सेल रेजोलुसनयुक्त ६.५५ इच्को फुल एचडी प्लस डिस्प्ले राखिएको छ । फोनमा ९० हर्जको रिफ्रेश रेट भएको स्क्रिन रहेको छ ।

१२ जीबीसम्मको र्‍याम तथा २५६ जीबीसम्मको स्टोरेज भेरियन्टका साथ आएको यो फोनमा मिडियाटेक डाइमेन्सिटी १००० प्लस चिपसेट राखिएको छ । फोटोग्राफीका लागि यो फोनमा पछाडि भागमा चार वटा क्यामेरा दिइएको छ ।

जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरका साथै ८ मेगापिक्सेलको अल्ट्रा वाइड ऐंगल लेन्स, दुई मेगापिक्सेलको म्याक्रो लेन्स र दुई मेगापिक्सेलको मोनो पोट्रेट लेन्स राखिएको छ ।

सेल्फीका लागि यसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । फोनमा पावरका लागि ४३५० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

यो फोनमा ६५ वाटको सुपर फ्ल्याश चार्जको सपोर्ट समेत दिइएको छ । ओएसको कुरा गर्ने हो भने यो फोन एन्ड्रोइड इलाभेनमा आधारित कलर ओएस ११.१ मा रन हुने गर्दछ ।

ओप्पो रेनो फाइभको स्पेसिफिकेसन

यो फोनमा २४०० बाई १०८० पिक्सेलको रेजोलुसन भएको ६.४३ इन्चको फुल एचडी प्लस ओएलईडी डिस्ले लगाइएको छ । यसमा ९० हर्ज रिफ्रेश रेटको स्क्रिन छ ।

यो फोन १२ जीबीसम्मको र्‍याम तथा २५६ जीबीसम्को स्टोरेजका साथ आएको छ । प्रोसेसरको कुरा गर्ने हो भने यसमा तपाईंले स्नापड्रागन ७६५ फाइभजी प्रोसेसर पाउन सक्नुहुनेछ ।

फोनमा फोटोग्राफीका लागि क्वाड रियर क्यामेरा अर्थात चार वटा क्यामेरा भएको सेटअप देख्न सक्नुहुने छ । जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेराका साथै एउटा ८ मेगापिक्सेलको र बाँकी दुई वटा समान दुई मेगापिक्सेलका लेन्स राखिएका छन् ।

सेल्फीका लागि यो फोनमा पनि ३२ मेगापिक्सेलको क्यामेरा दिइएको छ । इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सरयुक्त यो फोनमा ४३५० एमएएच क्षमताको ब्याट्री रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४