close

गुगलले क्षणभरमै यसरी पत्ता लगाउँछ, तपाईंको सवालको जवाफ

टेकपाना टेकपाना

पुस ८, २०७७ ९:२१

गुगलले क्षणभरमै यसरी पत्ता लगाउँछ, तपाईंको सवालको जवाफ

काठमाडौं । जब हाम्रो दिमागमा कुनै सवाल आउँछ, हामी सोझै गुगलमा गएर सर्च गर्न थाल्छौं । त्यसपछि हाम्रो अगाडि उक्त सवालको जवाफ र त्यससँग जोडिएका अन्य कयौं जानकारी खुल्छन् ।

अर्थात केवल एउटा क्लिकमा तपाईंले आफ्ना हरेक सवालको जवाफ सहजै प्राप्त गर्न सक्नुहुन्छ । वास्तवमा गुगलले यसरी हाम्रो जिन्दगीलाई निकै सहज बनाइदिएको छ ।

के तपाईंले सोच्नुभएको छ, आखिर गुगलसँग हाम्रा हरेक सवालको जवाफ कहाँबाट ल्याउँछ ? गुगलले यी सवालको जवाफ आफै दिन्छ वा अन्यत्र कतैबाट ल्याएर देखाउँछ ? आज हामी तपाईंलाई यो रोचक विषयमा बताउँदै छौं ।

क्रावलिङ

जब तपाईं गुगलमा कुनै विषय सर्च गर्नुहुन्छ, गुगलले सबैभन्दा पहिला वेब पेजहरुमा कुन कुन जानकारी उपलब्ध छ भनेर जाँच गर्दछ । यसका लागि गुगलले पेजलाई क्रावल गर्दछ र नयाँ पेज इन्डेक्समा जोड्दछ ।

यो प्रक्रियालाई क्रावलिङ भनिन्छ । यसका लागि वेब क्रावलर्सको गुगल बोट प्रयोग गरिन्छ । गुगल बोट एउटा वेब क्रावलर्स सफ्टवेयर हो ।

यसले क्रावलर्स वेबपेजलाई खोज्ने काम गर्दछ । यी वेब पेजहरुलाई खोजेर क्रावलर्सले तिनमा रहेका लिङ्कलाई पछ्याउँदछ ।

यो क्रावलर्स एक लिङ्कबाट अर्को लिङ्कमा गएर सूचना तथा सामग्री संकलन गर्दछ र प्राप्त परिणामलाई गुगलको सर्भरमा ल्याएर राख्दछ ।

इन्डेक्सिङ

जब क्रावलर्सले वेबपेज फेला पार्दछ, त्यसपछि कम्पनीको सिस्टमले उक्त पेजको सामग्रीलाई जाँच गर्दछ । यसमा पेज कन्टेन्टका अलावा तस्वीर र भिडियो समेत सामेल हुन्छन् ।

गुगलले जुन पेज क्रावल गरिएको छ, आखिर त्यो के हो भन्ने कुरा समेत चेक गर्दछ । यो प्रक्रिया ब्राउजरमा गरिएको सर्च जस्तै हो ।

यसमा कयौं विषयमा ध्यान दिइन्छ । उदाहरणको रुपमा किवर्ड र वेबसाइटको नयाँपन । अर्थात कन्टेन्ट कपी-पेस्ट गरिएको नहोस् ।

सर्च इन्डेक्टमा विद्यमान सबै जानकारीलाई गुगललको सिस्टमले ट्र्याक गर्दछ । यस चरणमा आएर डुप्लिकेट कन्टेन्टलाई क्यान्सिल गरिन्छ ।

यो सबै जानकारी गुगलको इन्डेक्समा स्टोर हुने गर्दछ र यसलाई समावेश गरेर ठूलो डेटाबेस तयार पारिन्छ ।

सर्भिङ रिजल्ट

जब हामी गुगलमा कुनै कुरा सर्च गर्नका लागि टाइप गर्दछौं, तत्कालै हाम्रो सवालको जवाफसँगै त्यससँग सम्बन्धित कयौं जानकारीहरु प्राप्त हुन्छन् । यद्यपी यो कयौं विषयमा निर्भर हुने गर्दछ ।

यसमा सबैभन्दा माथि पेज र्‍यांक हुन्छ । यसैगरी गुगलले तपाईंका हरेक सवालको जवाफ सेकेन्डभरमै उपलब्ध गराउँछ । त्यसो त गुगलले यस बाहेक अन्य आन्तरिक प्रक्रिया समेत उपयोग गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०