close

‘ग्राहकको सहजताका लागि एकै पटक एक लाख ६० हजार मर्चेन्ट नेटर्वकमा जोडियौं’

टेकपाना टेकपाना

पुस ९, २०७७ ११:२४

‘ग्राहकको सहजताका लागि एकै पटक एक लाख ६० हजार मर्चेन्ट नेटर्वकमा जोडियौं’

काठमाडौं । प्रविधिको विकाससँग सबैभन्दा नजिक रहेर अगाडि बढिरहेको एउटा वित्तीय क्षेत्र पनि एउटा हो । आज जसरी हामी मोबाइलबाटै कारोबार गरिरहेका छौं, त्यसको श्रेय बैंक तथा नेपालका भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई नै जान्छ ।

फिनटेक (वित्तीय प्रविधि) को रुपमा चिनिँदै आएको यो क्षेत्रमा पछिल्लो सयमा आमुल परिवर्तन नै आएको छ । कुनै समय लाइनमा बसेर बिल भुक्तानी गर्नुपर्ने बिजुली, खानेपानी लगायतका सेवा अहिले हाम्रो मोबाइलको कीबोर्डमै आइपुगेका छन् ।

अझ कोभिड–१९ को महामारीसँगै अनलाइन भुक्तानी सबैका लागि अपरिहार्य नै भयो । सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा बिल भुक्तानीको लागि लाइन बस्नु त सम्भव नै भएन । त्यसैले पनि यसैबीच धेरै सरकारी सेवा पनि अनलाइनमा रुपान्तरण भए ।

सेवा अनलाइनमा रुपान्तरण हुँदै गर्दा त्यसलाई सम्भव बनाउने काममा बैंक तथा नेपालका भुक्तानी सेवा प्रदायक कम्पनीहरुले खेलेको भूमिका निश्चय नै सराहनीय छ । विशेषगरी यस्ता कम्पनीहरुले सिर्जना गरेको बजारले आज डिजिटल कारोबारमा यो खालको सम्भव हासिल भएको हो ।

यसले बजार अझ ठूलो बनाएको छ । अहिले जुन खालको बजार सिर्जना भएको छ, त्यहीअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीहरु आफूलाई परिस्कृत गर्नेतर्फ काम गरिरहेका छन् । नयाँ-नयाँ सेवा जोड्ने त छँदै छ, भएको सेवालाई अझ प्रभावकारी रुपमा प्रस्तुत गर्ने काम पनि यस्ता कम्पनीहरुबाट भइरहेको छ ।

त्यसैको एउटा उदाहरण हो ‘सेलपे’ र ‘फोनपे’ बीचको सहकार्य । सेलपे नेपालका धेरै वालेट कम्पनीबीचमा पनि एउटा फरक प्रयोग हो ।

कम्पनी प्रबन्ध निर्देशक पवन प्रधान भन्छन, ‘अरु कम्पनी वालेट मोडलमा सञ्चालन भइरहेका छन् । तर, हाम्रो फरक छ । अन्य वालेटमा प्रयोगकर्ताले बैंक तथा अन्य विभिन्न माध्ययममार्फत पैसा लोड गर्नुपर्ने हुन्छ । तर, सेलपेमा प्रयोगकर्ताले आफ्नो बैंक खाता लिंक गरेर सिधै ‘बैंक टु बैंक’ कारोबार गर्न सक्छन् ।’

यसको अर्थ प्रयोगकर्ताले वालेटमा पैसा लोड गर्नुपर्ने झन्झट सेलपेमा छैन । यस्तो हुँदा जतिबेला प्रयोगकर्तालाई आवश्यक पर्छ, त्यतिबेला सोझै बैंकको खाताबाटै कारोबार हुनेछ । तर, अन्य वालेटको हकमा त्यस्तो हुँदैन, प्रयोगकर्ताले वालेटमा पैसा लोड गरेर मात्रै कारोबार गर्नुपर्ने हुन्छ ।

‘त्यसरी वालेटमा पैसा तानेर राख्दा बैंकबाट आउने उक्त पैसाको ब्याजसमेत प्रयोगकर्ताले नपाउने भएकाले हामीले यो मोडल अपनाएको हौं,’ प्रधान भन्छन, ‘सेलपेमा सिधै बैंक खाताबाटै कारोबार हुने हुँदा बैंकमा आउने ब्याज निरन्तर आइरहेको हुन्छ ।’

त्यसैले हाम्रो कारोबार ‘बैंक टु बैंक’ हो । त्यो हुँदा प्रयोगकर्तालाई पनि आफ्नो पैसा बैंकमै छ भनी सुरक्षाको प्रत्याभूती समेत हुने उनी बताउँछन् । तर त्यसको लागि बैंक खातासँग लिंक गर्नुपर्ने हुन्छ । हाल सेलपेमा १८ बैंक जोडिएका छन् भने अबको केही समयभित्र थप चार बैंक जोडिने तयारीमा छन् ।

एउटा प्रयोगकर्ताले अनलाइनबाटै सेलपेसँग जोडिएका जतिपनि बैंकको खाता लिंक गर्न सक्छन् । तर, सुरक्षालाई मध्यनजर गर्दै बैंक खाता लिंक गराउँदा बैंक र सेलपेमा उपलब्ध भएको व्यक्तिगत तथा अन्य विवरण भने दुरुस्त एउटै हुनुपर्ने प्रावधान रहेको छ । यदि त्यसो नभएको खण्डमा बैंक खाता लिंक हुँदैन ।

बैंक खातासँग लिंक भएसँगै सेलपेमा उपलब्ध सम्पूर्ण सेवा लिन सकिन्छ भने, सेवाको भुक्तानी प्रक्रिया पनि मिलिसेकण्डमै सम्भव हुने प्रधान बताउँछन् । भन्छन, ‘हामीले कर्पोरेट कारोबार, रिटेलरले डिलरलाई, डिलरले डिस्ट्रिब्युटरलाई गर्ने कारोबार पनि सम्भव बनाएका छौं । यतिसम्म की ‘बल्क’ पेमेन्टको सर्भिस पनि सेलपेमा उपलब्ध रहेको छ । यो हुँदा सेलपेबाट एउटा कम्पनीले एकै क्लिकमा सबै कर्मचारीको खातामा तलब पठाउन सक्छ ।’

यसका साथै हामीले प्रयोगकर्ताका लागि थप सहजता प्रदान गर्ने उद्देश्यले ‘फोनपे’ सँग सम्झौता गरेको हौं । प्रधान भन्छन, ‘योसँगै सेलपे प्रयोगकर्ताले एक लाख ६० हजारभन्दा बढी मर्चेन्टको भुक्तानी क्यूआर कोड स्क्यान गरेर गर्न सक्छन । यसको एउटै मात्र उद्देश्य हाम्रा प्रयोगकर्तालाई सहजता प्रदान गर्नु नै हो ।’

राष्ट्र बैंकले पनि अन्तरआबद्धतालाई प्रोत्साहन गरिरहेको छ । यस्तोमा सेलपेले उक्त नीतिको अवलम्बन गरेको भन्दा पनि फरक नपर्ला । यो हुँदा सेलपेका प्रयोगतर्काले फोनपेको क्यूआर कोडमा स्क्यान गरेर पेमेन्ट गर्न सक्छन भने, फोनपेको नेटवर्कमा रहेका बैंकका प्रयोगकर्ताले सेलपेका मर्चेन्टमा समेत क्यूआर स्क्यान गरी पेमेन्ट गर्न सक्छन् ।

‘अन्ततः यसको परिणाम प्रयोगकर्तासँग जोडिएको छ,’ प्रधान भन्छन, ‘जति धेरै सेवासँग हामी जोडियौं, त्यति नै हाम्रा प्रयोगकर्ता यसबाट लाभान्वित हुने हुन् । त्यसैले हामीले हाम्रो ग्राहकलाई जतिसक्दो धेरै सेवा दिनुपर्छ भन्ने योजना बनाएर यो सहकार्य गरेका हौं । यस्तो खालको सम्झौताले बजारमा एउटा खालको नयाँ अभ्यास पनि सिर्जना गर्नेछ ।’

साइबर सुरक्षा

डिजिटल कारोबार बढेसँगै साइबर सुरक्षाको विषय सबैभन्दा महत्वपूर्ण बन्दै गएको छ । प्रधान भन्छन, ‘सेलपेले सुरक्षाकै लागि निरन्तर पेनिट्रेशन टेष्ट तथा सेक्युरिटी अडिट गर्दै आएको छ । साथै PCI/DSS सर्टिफिकेट लिने क्रममा पनि छौं ।’

हरेक पटक सिस्टममा आउने परिवर्तनसँग इथिकल ह्याकरबाट सिस्टम ह्याक गरी त्यसमा हुने सक्ने त्रुटि पत्ता लगाई त्यसको समाधान गर्ने काम पनि हुन्छ । प्रयोगकर्ताको सुरक्षाको लागि टु फ्याक्टर भेरिफिकेशन, फिङ्गर प्रिन्ट सेन्सर जस्ता सुरक्षित माध्यम अपनाइएको उनी सुनाउँछन् ।

आगामी योजना

सन् २०१३ मा नेपालमै पहिलो पटक पिनलेस रिचार्ज सुरु गरेर यात्राको थालनी गरेको सेलपेसँग लामो अनुभव छ । रिचार्ज कार्ड कोरेर पञ्च गर्नुपर्ने त्यतिबेलाको बाध्यात्मक अवस्थाबाट पिनलेस रिचार्जको सुरुवात गर्दा देखिको अनुभव आगामी दिनमा पनि सेलपेले प्रयोग गर्ने स्वभाविक नै छ ।

‘हामी निरन्तर नयाँ नयाँ सेवा थप गर्ने योजनामा काम गरिरहेका छौं,’ प्रधान भन्छन, ‘नयाँ सेवा नथप्ने हो भने प्रतिष्पर्धी बजारमा टिक्न सक्ने अवस्था रहँदैन । अहिले बजारमा धेरै सेवा प्रदायकहरु छन् । भोलिका दिनमा कति सेवा प्रदायक रहन्छन भन्ने कुराको निर्धारण नै उनीहरुले दिने सेवाले निर्धारण गर्छ । त्यही अनुसार हामी पनि लागि रहेका छौं । अबको केही दिनमा हामी अझ धेरै सेवा र नयाँ सुविधाका साथ आउने तयारीमा छौं ।’

कानुनी प्रावधान

हामीले डिजिटल नेपालको परिकल्पना गरिरहेका छौं । तर त्यसका लागि सरकार तथा नियामक संस्थाले अलि लचिलो नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ । प्रधान भन्छन, ‘डिजिटल नेपाल हुन साना-साना पसलहरुले पनि सहजै डिजिटल रुपमा कारोबार गर्नसक्ने अवस्थाको सिर्जना हुन जरुरी छ ।’

उनीसँग प्यान नं. नहोला, कम्पनी दर्ता नहोला । त्यस्तो अवस्थामा पनि तिनले मर्चेण्ट बन्ने, भुक्तानी लिन सक्ने गरी उनीहरूलाई डिजिटल कारोबार गर्न/गराउन कसरी अभिप्रेरित गर्ने, कसरी सहजीकरण गर्ने भन्ने विषयलाई राष्ट्र बैंकले सम्बोधन गर्न जरुरी रहेको उनी बताउँछन् ।

सेलपे एप तपाई‌ंले एन्ड्रोइडका लागि गुगल प्ले स्टाेर र आईओएसका लागि एप स्टोरमार्फत डाउनलोड गरि प्रयाेग गर्न सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०