close

एनआईसीका ग्राहकलाई फुडमारियोको खानामा ३० प्रतिशत छुट

टेकपाना टेकपाना

पुस ११, २०७७ १८:२२

एनआईसीका ग्राहकलाई फुडमारियोको खानामा ३० प्रतिशत छुट

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले फुडमारियोबाट खानाका परिकार खरिद गर्दा छुट पाउने भएका छन् ।

बैंकको मोबाइल बैंकिङ एप माे बैंक प्रयोग गरी फुडमारियोका परिकारको भुक्तानीमा ३० प्रतिशत (२ सय रुपैयाँसम्म) छुट प्राप्त गर्न सकिनेछ ।

यो अफर शुक्रबारदेखि आउँदो पुस १६ गते बिहीबारसम्म सञ्चालन हुनेछ । अनलाइन अर्डरमा खाना डेलिभरी सेवा दिँदै आएको कम्पनी फुडमारियोले ‘अनलाइन फुड कार्निभल २०२०’ आयोजना गरिरहेकाे छ ।

सहभागी रेष्टुेन्टको विशेष परिकारहरु आकर्षक मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ अनलाइन मेला आयोजना भइरहेकाे फुडमारियाेले जनाएकाे छ ।

याे पनि पढ्नुहाेस् : अनलाइन फुड कार्निभल गर्दै फुडमारियो, खानाका परिकारमा विशेष छुट

Image

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०