close

लक्ष्मी बैंकको मोबाइल मनी भिडियो प्रतियोगिता, विजेतालाई ५० हजार रूपैयाँ

टेकपाना टेकपाना

पुस १४, २०७७ १६:५१

लक्ष्मी बैंकको मोबाइल मनी भिडियो प्रतियोगिता, विजेतालाई ५० हजार रूपैयाँ

काठमाडाैं । लक्ष्मी बैंकले ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिता घोषणा गरेको छ। बैंकले डिजिटल बैंकिङको विशेषता र फाइदाबारे जनचेतना फैलाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो।

यो प्रतियोगितामा सहभागीले लक्ष्मी बैंकको मोबाइल बैकिङ सेवासम्बन्धी भिडियो तयार पार्नुपर्नेछ। सो भिडियोको सृजनात्मकता र सान्दर्भिकताको आधारमा विजेता घोषणा गरिने बैंकले बताएको छ।

यसअन्तर्गत विभिन्न ५ क्याटेगाेरीमा भिडियाे बनाउन सकिन्छ । बैंकले प्रत्येक क्याटेगाेरीका विजेतालाई जनही ५० हजार गरी कुल दुई लाख ५० हजार पुरस्कार प्रदान गर्नेछ ।

प्रतियोगिताको नियम बैंकको वेवसाइटमा राखिएको छ। उक्त अभियान एक महिनासम्म चल्ने बैंकको भनाइ छ।  

भिडियाे कन्टेस्टमा सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०