close

यातायात व्यवस्था विभागको सर्भरविरुद्ध ट्वीटरमा आक्रोश

टेकपाना टेकपाना

पुस २२, २०७७ १५:५१

यातायात व्यवस्था विभागको सर्भरविरुद्ध ट्वीटरमा आक्रोश

काठमाडौं । अनलाइन लाइसेन्स आवेदन फर्मको भार थेग्न नसकेर सर्भर डाउन भएपछि यातायात व्यवस्था विभागविरुद्ध युवाले ट्वीटरमा आक्रोश पाेखेका छन् । 

ट्राफिक बढेर सर्भर डाउन भएपछि विभागले गत सोमबार सार्वजनिक सूचना मार्फत सर्भर मर्मतका लागि सेवा बन्द गरेको थियाे । 

तर तीन दिन बितिसक्दा पनि सेवा सुचारु नभएपछि युवाहरूले विभागलाई सर्भर अपग्रेडका लागि दबाब दिन ट्वीटरमा #upgradeDOTMserver ट्रेण्ड सुरु गरेका छन् । 

करोडौं लगानी खर्चेर बनाएको सरकारी वेबसाइटको हालतमाथि व्यङ्ग्य गर्दै नागरिकहरुले सरकारलाई निजी क्षेत्रका अत्याधिक ट्राफिक बहन गर्ने वेबसाइटहरुबाट केही सिक्न सुझाएका छन् । 

गत पुस १४ देखि यातायात व्यवस्थापन विभागले चालक अनुमतिपत्रको अनलाइन आवेदनका लागि सेवा खुल्ला गरेको थियो । तर सुरुकै दिनदेखि सेवामा समस्या आइरहेको छ ।

सर्भरले थेग्न नसक्ने स्थिति पुगेपछि विभागले पुस २० गते तीन दिनभित्र सर्भर मर्मत गर्ने भनी सेवा बन्द गरेको थियो । तर तीन दिन भइसक्दा समेत विभागको सेवा सुचारु हुन सकेको छैन । 

यता विभागले वेबसाइटमा देखिएकाे समस्या हालै समाधान भएकाे जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१