close

३ दिनसम्म टिक्ने ब्याट्री भएका मोटोरोलाका २ स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

पुस २६, २०७७ १०:३८

३ दिनसम्म टिक्ने ब्याट्री भएका मोटोरोलाका २ स्मार्टफोन सार्वजनिक

काठमाडौं । मोटोरोलाले आफ्ना अफोर्डेबल दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नयाँ स्मार्टफोन मोटो जी पावर २०२१ र मोटो जी प्ले २०२१ सार्वजनिक गरेको हो ।

यी दुवै स्मार्टफोनमा सानदार क्यामेरा क्वालिटी र राम्रो पर्फर्मेन्स रहेको छ । १३ जनवरीदेखि यी स्मार्टफोनको बिक्री सुरु हुनेछ ।

कम्पनीले पहिलो पटक अमेरिकी बजारमा सार्वजनिक गरेका यी स्मार्टफोन नेपाल कहिलेसम्म आइपुग्छन् भन्ने विषयमा हालसम्म कुनै स्पष्ट जानकारी प्राप्त भइसकेको छैन ।

कति छ मूल्य ?

मोटो जी पावर २०२१ को मूल्यको कुरा गर्ने हो भने यसको ३ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज मोडलको मूल्य १९९ अमेरिकी डलर अर्थात २३ हजार २६१ रुपैयाँ राखिएको छ । जब कि ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य २४९ अमेरिकी डलर अर्थात २९ हजार १०५ रुपैयाँ रहेको छ ।

यो स्मार्टफोन फ्ल्याश ग्रे कलर भेरियन्टमा मात्र उपलब्ध हुनेछन् । यसैगरी मोटो जी प्ले २०२१ स्मार्टफोन सिंगल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

यसको ३ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज मोडलको मूल्य १६९ अमेरिकी डलर अर्थात १९ हजार ७५४ रुपैयाँ राखिएको छ । यो फोन मिस्ट्री ब्लु कलर भेरियन्टमा खरिद गर्न सकिनेछ ।

यस्तो छ मोटो जी पावर २०२१ को स्पेसिफिकेसन

मोटो जी पावर २०२१ मा ६.६ इन्चको एचडी प्लस डिस्प्ले दिइएको छ । जसको स्क्रिन रेजोलुसन ७२० बाई १६०० पिक्सेल रहेको छ ।

यो स्मार्टफोनमा क्वालकम स्नापड्रागन ६६२ प्रोसेसरमा काम गर्दछ । यसमा माइक्रो एसडी कार्ड सपोर्ट समेत रहेको यो स्मार्टफोनमा स्टोरेज क्षमता ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

यो स्मार्टफोनमा तीन वटा रियर क्यामेरा राखिएका छन् । जसमा ४८ मेगापिक्सेलको प्राइमरी सेन्सर, दुई मेगापिक्सेलको म्याक्रो शुटर र दुई मेगापिक्सेलकै डेप्थ सेन्सर रहेको छ ।

सेल्फी तथा भिडियो कलका लागि भने यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ । यो स्मार्टफोनमा पावर ब्याकअपका लागि ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । जुन एक पटकको चार्जमा ३ दिनसम्म टिक्ने बताइएको छ ।

मोटो जी प्ले २०२१ को स्पेसिफिकेसन

मोटो जी प्ले २०२१ मा ७२० बाई १६०० पिक्सेलको स्क्रिन रेजोलुसन भएको ६.५ इन्चको एचडी प्लस डिस्प्ले दिइएको छ । यो स्मार्टफोनमा क्वालकम स्नापड्रागन ४६० प्रोसेसर राखिएको छ ।

यसको पछाडि भागमा दुई वटा क्यामेरा राखिएका छन् । जसमा १३ मेगापिक्सेलको प्राइमरी सेन्सरको साथमा दुई मेगापिक्सेलको डेप्थ सेन्सर उपलब्ध छ ।

जब कि यसमा सेल्फी तथा भिडियो कलका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । पावर ब्याकअपका लागि यसमा समेत ५००० एमएएच क्षमताकै ब्याट्री राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१