काठमाडाैं । अनलाइन शपिङ साइट इन्फी स्टोरले नयाँ अभियान सञ्चालन गरेको छ । ‘ब्रिङग इट अन : स्पोर्टस, म्युजिक एन्ड एक्सरसाइज’ नामको यो अभियान आज आइतबारदेखि सुरु भएको छ ।
खेलकुद, संगीत, फिटनेश लगायतका ब्राण्डेड वस्तु र उत्पादनमा ५० प्रतिशत छुट उपलब्ध गराउँदै याे अभियान सुरू गरिएकाे कम्पनीले जनाएकाे छ ।
यसका लागि कम्पनीले मन्त्र गिटार, द गिटार शप, यामाहा म्युजिक स्टोरजस्ता नाम चलेका ब्राण्डहरुका अतिरिक्त लोकल भेन्डरहरु भद्रकाली स्पोर्टस, अन्नपूर्ण स्पोर्टस एन्ड म्युजिक लगायतसँग सहकार्य गरेको छ ।
इन्फीका एक प्रवक्ताका अनुसार यो अभियानबाट खेलकुद, संगीत र कसरत वा फिटनेशका लागि आवश्यक विभिन्न प्रडक्टहरुमा विशेष छुट दिइनेछ । उनले युवा प्रयोगकर्तालाई सक्रिय बनाउन आफ्नो शरीर र दिमाग स्वस्थ राख्न प्रोत्साहन गर्ने उद्देश्यले याे अभियान सञ्चालन गरिएको हो ।
यो अभियान १४ दिनसम्म सञ्चालन हुनेछ । कम्पनीले देशैभर यो प्रडक्टको डेलिभरी गर्ने योजना ल्याएको छ ।