काठमाडौं । बसको अनलाइन टिकेटिङ सेवा उपलब्ध गराउँदै आएको बससेवाले ‘क्रेजी’ नामक अफर सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत आन्तरिक रुपमा यात्रा गर्ने बस यात्रुले बस सेवामार्फत टिकेट काट्दा ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्नेछन् ।
ग्राहकको सहजताका लागि भन्दै ल्याइएको यस अफरअन्तर्गत बससेवाबाट टिकेट काटी ईसेवामार्फत भुक्तानी गर्दा ग्राहकले ५० प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । जुन कलंकीमा गएर टिकट काट्दाको भन्दा निकै सस्तो पर्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार बससेवाबाट प्राइम यातायातमा टिकेट काटी काठमाडौंदेखि काँकडभिट्टा र काँकडभिट्टादेखि काठमाडौंसम्म यात्रा गर्दा जम्मा ९ सय ५० रुपैयाँ मात्रै लाग्नेछ । जुन सामान्य अवस्थामा भन्दा ३ सय रुपैयाँ कम हो । यो अफर आइतबारदेखि सुरु भएको छ फागुन २२ गतेसम्म लागू हुनेछ ।
त्यस्तै काठमाडौं–भोजपुर र भोजपुर–काठमाडौं यात्रा गर्ने बस छोमोलुंमा यातायातको टिकेटमा ५० प्रतिशत क्यासब्याक उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार त्यहाँको भाडादर हाल २ हजार रहेको छ । त्यसमा ५० प्रतिशत क्यासब्याक हुँदा यात्रुले जम्मा एक हजार रुपैयाँमा यात्रा गर्न सक्नेछन् । यो अफर चैत १५ गतेसम्म लागु हुनेछ ।
त्यसैगरी एक्सप्लोर होलीडे र नोबल बसमा बससेवामार्फत अनलाइन टिकेट काटी काठमाडौं–पोखरा, पोखरा–काठमाडौंको यात्रा गर्दा क्रमश: ४० प्रतिशत र २५ प्रतिशत क्यासब्याक पाइने छ । यो अफर पनि फागुन २२ गतेसम्मका लागि मात्रै लागू हुनेछ ।
कम्पनीका अनुसार काठमाडौं–नेपालगञ्ज र नेपालगञ्ज–काठमाडौंको नमस्ते सगरमाथा यातायातमार्फत यात्रा गर्दा १४ प्रतिशत क्यासब्याक प्राप्त हुनेछ । यो अफर फागुन २७ गतेसम्म लागू हुनेछ ।
त्यस्तै देशदर्शन यातायातमार्फत काठमाडौं–चितवन र चितवन–काठमाडौं यात्रा गर्दा बससेवामार्फत टिकेट काटेको खण्डमा ४० प्रतिशत क्यासब्याक प्राप्त हुनेछ ।
कम्पनीका अनुसार हाल उक्त बसको सामान्य भाडादर ६ सय ५० रुपैयाँ रहेकोमा यो अफर अन्तर्गत अब मात्र ३ सय ९० रुपैयाँमा यात्रा गर्न सकिनेछ ।