close

स्नापड्रागन ७८०जी सँगै अब मिड रेञ्ज फोनमा फ्ल्यागशिप फिचर

टेकपाना टेकपाना

चैत १३, २०७७ ९:५९

स्नापड्रागन ७८०जी सँगै अब मिड रेञ्ज फोनमा फ्ल्यागशिप फिचर

काठमाठौं । क्वालकमको स्न्याड्रागन ८८८ चिप कम्पनीको फ्ल्यागशिप सीपीयू हो, जुन पछिल्ला हाई-इन्ड स्मार्टफोनमा उपलब्ध छ । यसैबीच कम्पनीले नयाँ चिप घोषणा गरेको छ, जसलाई नाम दिइएको छ, स्न्यापड्रागन ७८०जी ।

यो चिप मिडरेन्जका फोनमा फ्ल्गागशिप फिचर दिन ल्याउन लागिएको हाे । स्न्यापड्रागन ७८०जी गत वर्ष सार्वजनिक भएको ७६५जी र ७६८जी को उत्तराधिकारी हो । मिडरेञ्ज प्रोसेसर लाइनमा थप अपडेट गरी याे चिप ल्याइएको छ ।

७८०जी क्रियो ६७० सीपीयूमा आधारित छ, जुन७६८जी को तुलनामा ४० प्रतिशत फास्टर रहेको छ । मुख्य विशेषताकाे कुरा गर्दा यसले १४४ हर्ज रिफ्रेस रेटसहित एड्रेनो ६४२ जीपीपयू सपोर्ट गर्न सक्छ ।

५ एमएम आर्किटेक्चरमा आधारित रहेको यो चिप क्वालकमको मिडरेन्ज ७ सिरिजकै सबैभन्दा एडभान्स्ड चिप हो । यसमा ब्याट्री क्षमता पनि प्रभावकारी रहेकाे बताइएको छ ।

७८० जीले क्वालकमको सिक्थ जेजेरेशन एआई इन्जिन सपोर्ट गर्छ, जसले यसअघिका चिपको तुलनामा दोब्बर राम्रो पर्फमेन्स दिन्छ ।

क्यामेराको कुरा गर्दा ७८०जी मा स्पेक्ट्रा ५७० आईएसपी रहेको छ, जसले एकैसाथ २५ मेगापिक्सेलसम्मका तीनवटा फोन खिच्न सक्छ । त्यस्तै इमेज प्रोसेसरको कुरा गर्दा यसले लो लाइट फोटो ह्यान्डल गर्न सक्छ भने फोरके एचडीआर सपोर्ट गर्छ ।

यसमा वाईफाई सिक्स ई, ब्लुटुथ ५.२, २५ बिट वायरलेस अडियो लगायतका फिचर हुनेछन् । यस्ता फिचर भएको ७८०जी चिप अब आउने मिड रेन्ज्का फोनहरुमा देख्न पाइने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१