close

पोको एक्सथ्री प्रो सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

चैत १५, २०७७ १६:२२

पोको एक्सथ्री प्रो सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । पोकोले हालै आफ्नै नयाँ स्मार्टफोन लाइनअपका रुपमा पोको एक्सथ्री प्रो सार्वजनिक गरेको छ । याे फाेन क्वालकम स्न्यापड्रागन ८६० चिपद्वारा सञ्चालित छ ।

६.६७ इन्चकाे फुल एचडी प्लस डिस्प्ले रहेकाे फाेनमा १२० हर्जकाे रिफ्रेस रेट छ । स्क्रिनका लागि काेर्निङ गाेरिल्ला ग्लास ६ प्राेटेक्सन छ । ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टाेरेज तथा ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टाेरेज गरी दुई भेरियन्टमा याे फाेन उपलब्ध छ ।

त्यस्तै क्यामेराको कुरा गर्दा यसमा ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ५८२ सेन्सर प्रयोग गरिएको छ । त्यस्तै ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामेरा छ भने २ मेगापिक्सेलको डेप्थ सेन्सर र २ मेगापिक्सेलकै म्याक्रो सेन्सर रहेको छ ।

त्यस्तै फ्रन्टतर्फ फाेनमा २० मेगापिक्सेलकाे क्यामेरा सेटअप छ । फाेरजी एलटिई कनेक्टिभिटी उपलब्ध फाेनमा साइड माउन्टेड फिंगरप्रिन्ट रिडर रहेकाे छ ।

स्मार्टफाेनमा ३३ वाट फास्ट चार्जिङ सहितकाे ५,१६० एमएएचकाे ब्याट्री रहेकाे छ । याे फाेन ५९ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । कम्पनीका अनुसार गेमिङमा ११ घण्टासम्म, म्युजिक सुन्दा ११७ घण्टा, भिडियाे प्लेब्याकमा १८ घण्टा र १०८०पी भिडियाे रेकर्डिङ गर्दा साढे ६ घण्टासम्म याे फाेनकाे ब्याट्री टिक्नेछ ।

याे फाेन दुई भेरियन्टमा उपलब्ध छ । यसअन्तर्गत ६ जीबी र्‍याम १२८ जीबी स्टाेरेज अप्सनका लागि २४९ यूराे (३४ हजार रूपैयाँकाे हारहारीमा) रहेकाे छ भने ८ जीबी र्‍याम र २५६ जीबी स्टाेरेज अप्सनका लागि २९९ यूराे (करिब ४१ हजार रूपैयाँ) रहेकाे छ ।

कम्पनीले केही समयका लागि यी फाेनमा छुट दिने घाेषणा पनि गरेकाे छ । याे फाेन ब्ल्याक, ब्ल्यु र ब्राेन्ज गरी ३ कलरमा उपलब्ध छ । नेपाली बजारमा पनि केही दिनमै याे फाेन भित्रिने अनुमान गरिएकाे छ ।

यसका साथै कम्पनीले पोको एफथ्री पनि सार्वजनिक गरेकाे छ । यो फोन गत महिना सार्वजनिक भएको रेडमी के ४० को रिब्याज्ड भर्सन हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१