close

स्मार्टफोन उद्याेगमा एलजीले ल्याएका ७ इनाेभेसन

टेकपाना टेकपाना

चैत ३०, २०७७ १०:२९

स्मार्टफोन उद्याेगमा एलजीले ल्याएका ७ इनाेभेसन

काठमाडौं ।  लगातार ६ वर्षसम्म घाटामा गएपछि एलजीले स्मार्टफोन बजारबाट बाहिरिने निर्णय गरेको छ । एलजी स्मार्टफोन प्रयगकर्ताका लागि यो दुःखको कुरा हो ।

अन्य स्मार्टफोन कम्पनीले जस्तो नाम र दाम कमाउन नसकेपनि एलजीले स्मार्टफोनको उद्योगमा धेरै नयाँ नवप्रवर्तन तथा प्रविधिहरु अगाडि सारेको थियो ।

तर उसले पाउनुपर्ने सम्मान र माया पाउन सकेन । उसका कतिपय नवप्रवर्तन र प्रविधि त आज पनि स्मार्टफोन निर्माण उद्योगको मापदण्डकै रुपमा लोकप्रिय नै छ । एलजी यो उद्योगमा नरहे पनि उसले ल्याएका प्रविधिले बाँकी निर्माताहरुमाझ रहेर आफ्नो असर छोडिरहने छ ।

एलजी हार्डवेयर इनोभेसनको मामलामा सधै अग्रगामी नै रह्यो । 

यो उद्योगलाई छोडेर आज एलजी निस्कँदै गर्दा हामी एलजीले स्मार्टफोन विश्वमा ल्याएका केही यस्ता नवप्रवर्तनका बारेमा बताउने छौं, जसले यो उद्योगमा आफ्नै किसिमको पहिचान बनाएको छ । 

क्यापासिटिभ टचस्क्रिन डिस्प्ले (एलजी प्राडा-२००६)

जब हामी फोनमा क्यापासिटिभ टचस्क्रिन डिस्प्लेको बारेमा कुरा गर्छौं, तब आईफोनकै काम दिमागमा आउँछ । तर वास्तवमा भन्ने हो भने एप्पलअघि एलजीले २००६ मा आफ्नो फोन एलजी प्राडाबाट यस्तो प्रविधि विश्व बजारमा ल्याएको थियो । 

एलजी प्राडामा तीन इन्चको क्यापासिटिभ डिस्प्ले थियो, जसको रेजुलेसन ४०० गुणा २४० पिक्सेल रहेको थियो । एकदमै राम्रो क्यामेरासहित उपलब्ध यस फोन ८४९ डलरमा अमेरिकामा उपलब्ध थियो । तर यसले खासै बजार लिन सकेन । 

lg-prada.jpg

फ्लेक्जिबल ओएलईडी डिस्प्ले (एलजी जी फ्लेक्स-२०१४)

एलजीले कर्भ्ड फ्लेक्जिबल ओएलईडी डिस्प्ले सहित जी फ्लेक्स सार्वजनिक गरेको थियो । फोन कलका क्रममा अनुहार नजिक लगेर जादाँ अनुहारमा फीट होस् भनेर एलजीले यसको लम्बाईलाई कर्भ्ड बनाएको थियो । त्यो एउटा ठूलो फ्लाबेट फोन थियो, जसको ६ इन्चको डिस्प्ले थियो ।

उक्त फोनको विशेष प्रतिस्पर्धी भने सामसङ ग्यालेक्सी नोट थ्री हो, जसको फर्म फ्याक्टर सानो थियो भने त्यसले एस पेन अनुभव पनि प्रदान गर्दथ्यो । आजको समयमा देखिने फ्लेक्जिबल डिस्प्ले सहितका फोल्डेबल फोनहरु एलजीकै देन हो । 

flex.jpg

मोड्युलर स्मार्टफोन (एलजी जी फाइभ-२०१६)

एउटा मोड्युलर स्मार्टफोन, जसमा धेरै फंसनालिटी एक्सेस गर्नका लागि विभिन्न एसेसोरिजहरुलाई स्लाइड अफ गर्न आइडिया सुन्दा निकै राम्रो लाग्छ । एलजीले पहिलोपटक एलजी जी फाइभ फोन सार्वजनिक गरेर यो सुविधा दिएकाे थियाे ।

तर मोड्युलहरु कहिल्यै पनि सो अप हुँदैनन् यसैले तपाईं रिमूभेवलल ब्याट्री, डिजिटल टु एनालग कन्भर्टर र क्यामेरा ग्रिपमा मात्र सीमित हुनुपर्ने हुन्छ । तर जी फाइभ फोनले पनि बजारमा राम्रो प्रभाव जमाउन सकेन । 

lg-g5.jpg

अल्ट्रवाइड क्यामेरा (एलजी जी फाइभ-२०१६)

विश्व बजारले एलजी जी फाइभको मोडुलारिटीलाई त अंगालेन, तर एलजी जी फाइभको ब्याकमा जुन अल्ट्रा वाइड क्यामेरा थियो, त्यसले भने उद्योगमा छुट्टै छाप छोड्यो ।

अहिले यस अल्ट्रा वाइड क्यामेरालाई विश्वभरका मिड तथा माथिल्लो रेन्जमा स्मार्टफोनहरुले एउटा रियर क्यामेराको रुपमा यसलाई राखिरहेका हुन्छन् । एलजीले आज यो उद्योगलाई छाडेर जाँदै गर्दा पनि अल्ट्रा वाइड क्यामेराको प्रविधि भने स्मार्टफोन उद्योगसँगै रहिरहनेछ ।

यस्तै एलजीले पहिलेपटक एलजी भी १० मार्फत अल्ट्रा वाइड क्यामेरालाई सेल्फी क्यामेरामा समेत राखेको थियाे ।

 

डुअल स्क्रिन एन्ड्रोइड स्मार्टफोन (एलजी जी एट एक्स २०१९)

विश्व फोल्डेबल फोनतिर आँखा गाडिरहेको बेला एलजीले आफ्नाे डुअल स्क्रिन कभर मार्फत एउटा सिम्पल सोलुसन ल्याएको थियो । ठूलो डुप्लिकेट डिस्प्ले सहितको यस फोनलाई कम्पनीले सुलभ मूल्यमा बिक्री गरेको थियो ।

कम्पनीले यसलाई पहिलोपटक एलजी जी एट एक्स मार्फत लन्च गरेको थियो र पछि यसलाई भी ५० र भी ६० मा समेत देख्न पाइएको थियो । 

lg-g8x-thinq-long-term-main.jpg

स्विभल डुअल डिस्प्ले (एलजी विङ-२०२०)

एलजी कम्पनीले पहिलोपटक आफ्नो फोन एलजी विङमा यूनिक स्विभल टी डिस्प्ले ल्याएको थियो । जिम्बल सिमुलेसन सहित भिडियो शुट गर्नबाहेक यसका अन्य व्यवाहारिक प्रयोगजन त खासै थिएनन् । फोनको तल्लो सानो डिस्प्ले खासै उपयोगी थिएन र यो त्यति रुचिकर बन्न सकेन । 

lg-wing-first-look-4.jpg

क्वाड ड्याक (एलजी भी २०-२०१६)

एलजीले आफ्नो भी सिरिज फोनलाई कन्टेन्ट कृएटर्स र अडियो फाइलहरुमा केन्द्रित गराउँदै २०१६ मा एलजी भी २० सार्वजनिक गर्‍यो । जसमा उसले हाई क्वालिटी अडियो प्लेब्याकका लागि क्वाड ड्याक प्रविधि प्रयोग गरेको थियो ।

तर सबै मानिसहरुले यसलाई रुचाएनन् । तर एलजी भी २० बाट आउने साउण्ड भने एकदमै राम्रो छ ।  

यी प्रविधिका आधारमा एलजीले कमर्शियल फोनहरु ल्याएको स्पष्ट देख्न सकन्छ । यद्यपि यो फोन स्मार्टफोन बजारमा कहिल्यै पनि प्रिय बन्न सकेन । 

lg-v20-full-11.jpg

जेडडी नेटबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१