close

अब एपबाटै बैंकसँग कुराकानी गर्न पाइने

टेकपाना टेकपाना

बैशाख ५, २०७८ १९:२९

अब एपबाटै बैंकसँग कुराकानी गर्न पाइने

काठमाडौं । एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ एपमार्फत नै ग्राहकले बैंकसँग कुराकानी गर्न सक्ने बनाएको छ । बैंकले ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ एपमा ‘कस्टमर केयर’ को सुरुवात गरेको हो ।

आफ्ना ग्राहकको गुनासो तथा समस्या यथाशीघ्र समाधान गर्ने सकियोस् भन्ने उद्देश्यका साथ बैंकले यो सेवाको सुरुवात गरेको हो । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधालाई डिजिटलमैत्री बनाउने क्रममा थप भएको यो नयाँ सेवाले डिजिटल बैंकिङ प्रवर्द्धनमा समेत मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकका अनुसार योसँगै अब बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले एपमा ‘Customer Care’ आइकन प्राप्त गर्नेछन् । जहाँमार्फत विभिन्न सुविधा लिन सकिने जनाइएको छ ।

च्याटबट : मोबाइल बैंकिङ एपभित्र रहेको कस्टमर केयर आइकनमा क्लिक गर्दा प्रयोगकर्ताले बैंकको अनलाइन सेवाहरू (इन्टरनेट/मोबाइल/भाइबर/मिसकल बैंकिङ तथा क्यूआर मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अनलाइन एप्लिकेसन, बैंकिङ समयजस्ता च्याटमार्फत सजिलै जानकारी प्राप्त गर्न सकिने छ ।

बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क : यसमार्फत प्रयोगकर्ताले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

गुनासो टिकट : ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सकिने छ । जसमा आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको रियल टाइम ट्रयाकिङ समेत सजिलै गर्न सकिने बैंकले जनाएको छ ।

भिडियो ट्युटोरियल : बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिकाबारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्री समेत त्यहाँ उपलब्ध गराइएको छ ।

ईमेल सुविधा : प्रयोगकर्ताले ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउनसमेत सक्ने छन् ।

धेरै सोधिएका प्रश्न : जहाँ बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तर प्रयोगकर्तालाई उपलब्ध गराइएको बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१