काठमाडौं । अघिल्लो वर्षको तुलनामा यो वर्ष मोबाइलको बिक्रीमा उल्लेख वृद्धि भएको छ । भन्सार विभागले हालै जारी गरेको चैत महिनासम्मको तथ्याङ्कले नेपालमा मोबाइलको बिक्री ठूलो मात्रामा वृद्धि भइरहेको देखाएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार यो चैत महिनासम्म कूल ५७ लाख ९९ हजार ८ सय ९१ थान मोबाइल भित्रिएको छ । जुन अघिल्लो वर्षकाे यही अवधि (९ महिना) काे तुलनामा १४ लाख बढी हो ।
तथ्याङ्कअनुसार यो चैतसम्म २९ अर्ब ६४ करोड १८ लाख भन्दा बढीको ५७ लाख ९९ हजार ८ सय ९१ थान मोबाइल भित्रिएको छ ।
अघिल्लो आवमा चैतसम्म १४ अर्ब ६२ करोड ९ लाख बराबरको ३८ लाख ४७ हजार ३ सय ४ थान भित्रिएको थियो । भने, उक्त आवको अन्त्यसम्म २८ अर्ब ७९ करोड १४ लाख बराबरको कूल ४३ लाख ६५ हजार ९ सय ९० मोबाइल भित्रिएको थियाे ।
यो हिसाबले हेर्ने हो भने अघिल्लो आवमा भित्रिएको मोबाइलभन्दा चालू आव २०७७/०७८ को ९ महिनामै १४ लाखभन्दा बढी मोबाइल भित्रिसकेको छ । यसले पनि नेपालमा पछिल्लो समय मोबाइलको आयातसँगै बिक्री पनि बढिरहेको जनाउँछ ।