close

इन्टरनेट चलेन ? यसरी टिपाउनुहोस् गुनासो

टेकपाना टेकपाना

बैशाख २७, २०७८ १७:५२

इन्टरनेट चलेन ? यसरी टिपाउनुहोस् गुनासो

काठमाडाैं । घरमा इन्टरनेट त छ, तर कहिलेकाहिँ चल्दै नचल्ने । चले पनि भने जति स्पिड नै नपाइने । इन्टरनेटका धेरैजसो प्रयोगकर्ताको साझा समस्या हो यो । गुनासो गर्ने तरिका नजान्दा पनि समयमै इन्टरनेटसँग सम्बन्धित समस्या समाधान नभइरहेको हुनसक्छ ।

सबैभन्दा पहिले तपाईंले इन्टरनेट जडान गर्दाकै बखत सेवाप्रदायकसँग कुनै समस्या भए सम्पर्क गर्न सकिने माध्यमबारे सोध्नुपर्छ । अहिले धेरैजसो सेवाप्रदायकले इन्टरनेट जडान गर्ने समयमै यसबारे बताइरहेका पनि हुन्छन् ।

कुनै कारणले गुनासो टिपाउने माध्यम फेला पार्नुभएन भने अहिले सेवाप्रदायकले गुनासो सुन्न टोल फ्रि नम्बर उपलब्ध गराइरहेका छन् । जसमा फोन गर्दा पैसा लाग्दैन । त्यसैले आफ्नो सेवा प्रदायकको टोल फ्री नम्बर सुरक्षित राख्नुभयो भने इन्टरनेटमा समस्या आउँदा धेरै सजिलो हुन्छ ।

अधिकांश सेवा प्रदायकको वेबसाइट हुने भएकोले त्यहाँ पनि सम्पर्क नम्बर राखिएको हुन्छ । ग्राहक सेवाका लागि उपलब्ध गराइएका यस्ता नम्बरमा सम्पर्क गरेर आफ्नो गुनासो राख्न सकिन्छ । 

यसबाहेक कतिपय सेवाप्रदायकले वेब च्याट, म्यासेञ्जर र मोबाइल एपको समेत व्यवस्था गरेका छन् । वेबमा सोझै च्याटमार्फत इन्टरनेट सम्बन्धी गुनासो राख्न सकिन्छ । यसैगरी एपमा आफ्नो युजर आईडी र पासवर्ड प्रयोग गरेर पनि समस्या भन्न सकिन्छ ।

सेवाप्रदायकलाई तपाईंले यसरी सम्पर्क गरेर बोलाउँदा अतिरिक्त पैसा पनि तिर्नुपर्दैन । तपाईंले तिर्ने इन्टरनेटको बिलमै सेवाप्रदायकले मर्मत शुल्कका लागि छुट्टै शुल्क लिने भएकाले यसरी अतिरिक्त पैसा लिन नपाइने नियम बनाइएको हो । कुनै डिभाइस नै थप्नुपर्ने अवस्थामा भने सेवा प्रदायकले निश्चित शुल्क लिन सक्छन् । 

भिडिओ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१