close

आकर्षक फिचरसहित साओमीको ‘मि ब्याण्ड सिक्स’ नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

जेठ १, २०७८ १४:१२

आकर्षक फिचरसहित साओमीको ‘मि ब्याण्ड सिक्स’ नेपाली बजारमा,  कति होला मूल्य ?

काठमाडौं । साओमीले शनिबार आफ्नो ‘मि ब्याण्ड सिक्स’ नेपाली बजारमा सार्वजनिक गरेकाे छ ।कम्पनीले मि ब्याण्ड फाइभकाे तुलनामा थप फिचरसहित नयाँ लाइनअप ल्याएकाे हाे ।

याे ब्याण्डमा हुडमुनी र माथि दुवैमा धेरै कुरा परिवर्तन गरी यसलाई धेरै स्मार्ट र उपयोगी बनाएको कम्पनीले जनाएकाे छ ।

यस मोडलको डिस्प्लेको कुरा गर्दा यसमा निकै ठूलो १.५६ इन्चको एमोलेड प्यानलवाला डिस्प्ले छ । अनि वरिपरी नियोन अन ब्ल्याक कलर छ ।

स्क्रिनलाई पर्सनलाइज गर्न तपाईंसँग ६० वटा फरक ब्याण्ड डिस्प्ले च्वाइस छन् । स्क्रिनलाई बलियो बनाउन डिस्प्लेलाई टेम्पर्ड ग्लास र एन्टी फिङ्गरप्रिन्ट कोटिङ राखिएको छ ।

यस मोडलमा ३० वटा स्पोर्ट्स मोड छन्, जब कि अघिल्लो मि ब्याण्ड फाइभमा ११ वटा स्पोर्ट्स मोड मात्र थिए । यसको थप एक्टिभिटी फिचरमा इन्डुअर ट्रेनिङ मोडहरु छन् ।

साथै यसमा नयाँ अटो डिटेक्सन मोड पनि छ, जसले रनिङ, वाकिङ, थ्रेडमिल, साइक्लिङ, रविङ मसिन र इलिप्टिकललाई अटो डिटेक्ट गर्न सक्छ ।

यसमा फिटनेस मनिटरिङ, वुमन्स हेल्थ तथा पीएआई स्कोरिङ सिस्टम पनि छ । मि ब्याण्ड सिक्समा १२५ एमएएचको ब्याट्री र म्याग्नेटिक चार्जर छ । एउटा पूर्ण सिङ्गल चार्जमा यस वाचमा १४ दिनसम्म ब्याट्री टिक्दछ ।

कनेक्टिभिटीका लागि यसमा ब्लुटुथ ५.० छ । यसमा मि वेयर र मि फिट एप छ । यसले एन्ड्रोइड ५.० र आईओएस १० र त्यसमाथिका डिभाइसलाई सपोर्ट गर्दछ ।

नेपाली बजारमा मि ब्याण्ड सिक्सकाे मूल्य रू.५,९९९ ताेकिएकाे छ । चाँडै नै साओमीका देशभरका स्टाेरमा याे उपकरण उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

May be an image of wrist watch and text that says 'MI INTRODUCING Mi Smart Band 6 One Step Ahead xIaoMi SpO2 Tracking 30 Fitness Modes Full screen 1.56" Display 14-day Extra-Long Battery life Rs.5,999/ 08 16 26 001 80 6品 16 08 26° 80 mi.com/np'

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४