close

गेमिङ पारखीका लागि नेपाली बजारमा ‘पोको एक्स थ्री प्रो’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

जेठ २, २०७८ १४:५०

गेमिङ पारखीका लागि नेपाली बजारमा ‘पोको एक्स थ्री प्रो’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा पोको एक्स थ्री प्रो सार्वजनिक भएको छ । साओमी नेपालले आइतबार नेपाली बजारमा पोकोको पछिल्लो उत्पादन सार्वजनिक गरेको हो । युवा प्रयोगकर्ता र विशेषगरी गेमिङ पारखीका लागि यो मोडल उपयुक्त रहेको कम्पनीले बताएको छ ।

पोकोको एक्स थ्री प्रो फोनको कुरा गर्दा यो ६.६७ इन्च फुल एचडी प्लस डिस्प्ले र २४००x१०८० पिक्सेल रेजाेलुसन भएको आईपीएस एलसीडी फोन हो । यसको स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट र २४० हर्जको टच स्याम्पलिङ रेटले उत्कृष्ट गेमिङ एक्सपिरियन्स प्रदान गर्दछ ।

यो फोनमा २०:९ एस्पेक्ट रेसियो र गोरिल्ला ग्लास सिक्स छ, जसले गेमिङका लागि राम्राे स्क्रिन एक्सपिरियन्स प्रदान गर्दछ । यसमा ६ र ८ जीबीको र्‍याम भेरियन्ट र क्वालकम स्नापड्रागन ८६० प्रोसेसर छ ।

त्यस्तै फाेनमा ५१६० एमएएच पावरको शक्तिशाली ब्याट्री छ, जुन दिनभरी टिक्ने दाबी कम्पनीकाे छ । यसले २६ वाटको यूएसबी पीडी चार्जिङ सपाेर्ट गर्छ । फाेन किन्दा इन–बक्स फास्ट ३३ डब्लु टाइप–सी चार्जर पाउन सक्नुहुन्छ ।

May be an image of phone, screen and text that says 'POCO X3 Pro Exactly What You Need, and More Snapdragon TM860 120Hz DotDisplay Corning® Gorilla® Glass 6 ODOd'

उपभोक्ताहरुको आवश्यकता अनुरुप उत्कृष्ट टेक्नोलोजीको वितरण गर्ने प्रयासमा पाेकाे एक्स थ्री प्राे सार्वजनिक गरिएकाे सााओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए ।

‘गेमिङ्ग, फोटोग्राफी र उच्च प्रदर्शनको एक उत्तम संयोजनले पोको एक्स ३ प्रो मा स्मुथ गेमिङ्ग एक्सपेरियन्सको लागि लिक्विड कुल प्लस टेक्नोलोजीको समावेश गरिएको छ,’ उनले भने, ‘त्यस्तै कहिल्यै नसक्किने एक्सपेरियन्सको लागि एमएमटी चार्जिङ्ग टेक्नोलोजीबाट निर्मित ठूलो ब्याट्री रहेको छ ।’

यो अक्टाकोर चिपसेट ७ न्यानो मिटरको प्रोसेसिङ्ग टेक्नोलोजीको साथ उपलब्ध छ । कम्पनीका अनुसार शक्तिशाली एड्रेनो ६४० जीपियुको ग्राफिक्स प्रोसेसर रहेकाे यो उपकरणमा बिना कुनै अवरोध बजारमा उपलब्ध भएको सबै मेन स्ट्रिम गेम्सहरु रन हुन्छ ।

May be an image of text that says 'FLAGSHIP-LEVEL PERFORMANCE Qualcomm® Snapdragon TM 860 LEADING 4G FLAGSHIP PROCESSOR IN 2021 71% FASTER Kryo 485 CPU 145% FASTER Adreno 640 GPU 192% ÛPOEL POWERFUL AI Engine 860 QualcoMM 45% HIGHER AnTuTu score*'

१२० हर्जकाे रिफ्रेस रेट
फाेनमा रियालिटी फ्लो १२० हर्जको रिफ्रेस रेटको साथ स्मार्ट डिस्प्ले रहेकाे छ । यो एप्लिकेसनको कन्टेन्टको फ्रेम रेट भ्यारियाबिलिटीलाई बुझ्न र पढ्न सक्ने इन्टिलिजेन्ट डिस्प्ले हो, जसले रिफ्रेस रेटलाई ५० हर्ज , ६० हर्ज ९० हर्जवा १२० हर्जमा आफैं एट्जस्ट गर्छ । जसले ब्याट्री बचाउँछ र आफ्नो स्मार्टफोनलाई पहिला भन्दा बढी पावर इफिसियन्ट बनाउन मद्दत गर्दछ ।

साथै फाेनमा २४० हर्जको टच स्याम्पलिङ्ग रेट रहेको छ । यो डिस्प्लेले पञ्ची भिभिड रंगहरु र एचडीआर १० को सर्पोटको साथ स्टनिङ्ग भिजुअल र कन्ट्रास्टको प्रस्तुत गर्दछ ।

४८ एमपी क्वाड क्यामेरा सेटअप
पोको एक्स ३ प्रोमा ४८ एमपी क्वाड क्यामेरा सेटअप रहेकाे छ, जसमा कम्प्युटर भिजन इमेज सिग्नल प्रोसेसर, एफ/१.७९ एपर्चरका साथ ४८ एमपीको प्राइमरी सेन्सर, एफ/२.२ एपर्चर र ११८ डिग्री एफओभीको साथ ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीको म्याक्राे क्यामेरा र चित्रणको लागि डेप्थ सेन्सरहरु छन् ।

साथै फाेनमा २० एमपीको फ्रन्ट क्यामेरा छ । साथै फाेनले ३०/६० एफपीयसमा फाेरके भिडियो रेकर्डिङ्ग सपाेर्ट गर्दछ ।

May be an image of text that says 'UFS 3. storage FLAGSHIP-LEVEL STORAGE SPEED improved UFS memory technology, the POCO X3 Pro offers snappy read and write speeds. Load games apps without having to wait. UFS 3.1 UFS2.1 UFS'

५१६० एमएएचकाे ब्याट्री
पोको एक्स ३ प्रोमा ५१६० एमएएचकाे ब्याट्री रहेकाे छ । जुन यसको क्याटेगोरीमा सबैभन्दा ठूलो ब्याट्रीमध्यको एक हो । यो उपकरणमा इन–बक्स फास्ट ३३ डब्लु टाइप–सी चार्जर पनि रहेको छ र यसले २६ वाटको युएसबी पीडी चार्जलाई सपोर्ट गर्छ । जुन यसको खण्डको सबैभन्दा छिटो पीडी सर्पोट हो ।

May be an image of phone, screen and text that says 'POCO POCO X3 Pro Exactly What You Need, and More Rs. 36,999 8GB+256GB Rs. 31,999 6GB+128GB Available in Colour #PROFORMANCE ാ0 0bod'

मूल्य र उपलब्धता
पोको एक्स थ्री प्रो तीन वटा कलर उपलब्ध हुनेछः ग्राफाइट ब्ल्याक,स्टील ब्लु र गाेल्डेन ब्रन्ज । यो नेपाली रु. ३१,९९९ (६ जीबी+१२८ जीबी) र रु. ३६,९९९ (८ जीबी+२५६ जीबी) को मूल्यमा कम्पनीका अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा भाेलि साेमबारदेखि उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४