close

‘हामीले दक्षिण एसियामै सस्तो इन्टरनेट दिइरहेका छौं’

टेकपाना टेकपाना

जेठ ३, २०७८ १०:५७

‘हामीले दक्षिण एसियामै सस्तो इन्टरनेट दिइरहेका छौं’


रामकृष्ण परियार
प्राविधिक प्रमुख, सुविसु

हामी अहिले भर्चुअल कुरा गर्न सकिरहेका छौं । महामारीको अवस्थामा पनि घरबाटै कार्यालय र विद्यालय क्लास सञ्चालन गर्न सक्षम छौं । जति पनि गतिविधि घरबाटै गर्न सकिरहेका छौं ।

उपभोक्ताको उच्च आकांक्षा सेवाप्रदायकले ठ्याक्कै पुरा गर्न नसकेको अझै गुनासो हुने गर्छ । यसका लागि हामीले ग्राउण्ड रियालिटी पनि बुझ्न जरुरी छ । हाम्रो समुद्रसँग पहुँच छैन । इन्टरनेटमा पनि भारतमा नै हाम्रो निर्भरता छ ।

सुनौली, विरगंज ढल्केबर विराटनगर, महेन्द्रनगरबाट हामीले भारतसँग कनेक्ट गरेका छौं । निश्चित समयमा भारतबाट नेपाल आउने प्वाइन्टमा समय समयमा इन्टरनेट डाउन हुने समस्या पनि आइरहेको हुन्छ । हामीलाई आवश्यक आधारभूत ब्याकबोन पुर्वाधार पर्याप्त छैन ।

सेवा प्रदायकले पनि अरुकै पूर्वाधार गर्नुपर्ने बाध्यात्मक अवस्था हो । विद्युत प्राधिकरणको पोल प्रयोग हुन्छ । केहिले पोल सार्दा, मर्मत गर्दा जानकारी विना नै फाइबर काट्ने प्रचलन छ । छोटो समयमा त्यसलाई मर्मत गर्न नसकिने पनि हुन सक्छ ।

आगलागीको समस्या पनि पोलहरुमा निकै देखिइरहेको छ । महामारीको समयमा पनि हाम्रा प्राविधिक फिल्डमा काम गरिरहेका छन् । गुणस्तर कायम गर्नै कै लागि हाम्रो त्यो प्रयास हो ।

२० एमबीपीएस भनेर दुई एमबीपीएस कहिलेसम्म भन्ने अर्को प्रश्न छ । ग्राहकसँग हामीले सर्भिस लेभल एग्रिमेन्ट गरेका हुन्छौं । त्यसमा कति ब्याण्डविथ पाउने भन्ने कुरा उल्लेख हुन्छ ।

हरेक प्रयोगकताएलाई लगईन पोर्टल दिएका हुन्छौं । मैले कति खपत गरेको छु भनेर हरेक प्रयोगकर्ताले हेर्न सक्छन् । हामीसँग भएका सबै प्रयोगकर्ता प्राविधिक रुपमा जानकार हुनुहुन्न ।

एउटै घरमा मल्टिपल कनेक्सन डिभाइस हुन्छन् । हाई इन्टरफेरेन्सले गर्दा आफूले जति सब्सक्राइब गरेको ब्याण्डविथ छ, त्यो प्रयोग गर्न सक्नुहुन्न । इन्टरफेरेन्स कम गर्न डुअल ब्याण्ड राउटर प्रयोग गर्न सुझाव दिइरहेका हुन्छौं ।

इन्टरनेट कनेक्सन गराउँदा प्रयोगकर्ताले आफूलाई सजिलो हुने ठाउँमा राउटर जोड्नुहुन्छ । त्यस्तै उहाँले कहाँबाट त्यो प्रयोग गर्नुहुन्छ भन्ने कुराले पनि स्पिड निर्धारण गर्छ ।

आईओटी डिभाइसले पनि हेभी इन्टरफेस भइरहेको हुन्छ । यसले गर्दा सब्सक्राइब गरेको ब्याण्डविथ नपाइरहेको हुनसक्छ । त्यसैले यसमा प्रयोगकर्ता पनि सचेत हुन जरुरी हुन्छ । समस्या आउँदा ब्याकअप राउट गर्नुपर्ने हुन्छ ।

त्यसमा समय लागिरहेको हुन्छ । इन्टरनेट प्रयोग गर्दा लोकल कन्टेन्ट धेरै हुन्छ । क्यास अधिकांश सेवाप्रदायकको परिसरमा हुन्छ । पोल सिफ्ट वा फाइबर लिक हुन्छ ।

त्यस्तो क्यास फिल गर्ने इन्टरनेसनल सर्भिस डाउन भइदियो भने केही घण्टासम्म क्यास प्रयोग गर्न सकिँदैन । ग्राहकलाई सेवा दिन हामी कटिबद्ध छौं । गुणस्तर र मूल्यको हिसाबले इन्टरनेटको विकासलाई साच्चिकै प्रशंसा गर्नुपर्छ ।

बजारमा मूल्य महंगो भयो भन्ने कुरा छ । पूर्वाधार हामी आफैले तयार गर्नुपर्ने अवस्था छ । सरकारलाई एकदमै उच्च कर तिर्नुपर्छ । हामी मात्राभन्दा पनि बढी गुणस्तरमा केन्द्रित हुनुपर्नेछ ।

आफूले भनेजति गुणस्तर किन पाएको छैनौं भन्ने कुरा विस्तृत रुपमा दिनुभयो भने हामीले उहाँहरुको समस्या समाधान गर्न सक्छौं । कुन ग्राहकले कुन समयका लागि प्रष्ट उल्लेख गरेर पठाइदिनुभयो भने तुरुन्त सम्बोधन गर्न सक्छौं ।

नियामकले जस्तो नियमन गर्छ, त्यसैमा रहेर हामीले काम गरिरहेका छौं । अन्तर्राष्ट्रिय ब्याण्डविथको लागत ५० डलरबाट ४ डलरमा झर्दा पनि मूल्य नघटेको कुरा छ ।

अहिले हामीले प्रयोग गर्ने एप्लिकेसनहरु बढी ब्याण्डविथ खोज्ने छन् । फुल एचडी मुभी अनलाइन हेर्नुपर्यो भने कम्तिमा ५ एमबीपीएस चाहिन्छ । हामीले दक्षिण एसियामै सस्तो इन्टरनेट दिइरहेका छौं ।

जति पनि कन्टेन्ट डेलिभरी नेटवर्क छ, त्यसैले नै हामीले गुणस्तरीय इन्टरनेट सस्तोमा दिन सकिरहेका छौं । जति दिन सकेका छौं, त्यो राम्रै छ भन्ने मेरो बुझाई छ । पोलको भाडा, कर आदि घट्यो भने ग्राहकले थप सस्तोमा इन्टरनेट पाउन सक्छन् ।

प्राधिकरणको गुणस्तर विनियमावली परिमार्जनका क्रममा ब्रोडब्याण्ड न्युनतम कति हुने भन्ने तय भएको छ । धेरै ब्याण्डविथ खपत गर्ने एपहरुले गर्दा हामीले कम्तिमा १५, २०, ३० एमबीपीएस भनेर दिनुपर्ने अवस्था छ ।

यदि तपाईंले भने अनुसारको ब्याण्डविथ पाउनु भएको छैन भने सेवाप्रदायकलाई दोष दिन सक्नुहुन्छ । दुई एमबीपीएस किन नपाउने भन्ने कुरा समय परिस्थितिअनुसार चल्नुपर्छ । भोलि केही पनि चल्दैन भन्ने कुरा हामीले नै सुन्नुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१