close

लकडाउनमा कर्मचारी निकाल्नुभन्दा ‘रिमोट प्राक्टिस’ गरौं

टेकपाना टेकपाना

जेठ ६, २०७८ १६:२४

लकडाउनमा कर्मचारी निकाल्नुभन्दा ‘रिमोट प्राक्टिस’ गरौं

शैलेश नेपाल/-
अहिले काेभिड १९ काे नयाँ भेरियन्ट फैलिएसँगै देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरिएकाे छ । यसबाट हरेक क्षेत्रले नकारात्मक प्रभाव झेलिरहेका छन् । आईटी कम्पनीहरू पनि याे परिदृश्यबाट अलग हुन सकिरहेका छैनन् ।

याे महामारीमा व्यवसाय जाेखिमका कारण धेरै आईटी जनशक्ति कामबाट निकालिएका छन् । अर्काेतर्फ जनशक्ति अभावमा आईटीका धेरै परियाेजना गुमाउनुपर्ने बिडम्बना छ ।

यो निश्चित छ कि, महामारीको प्रभाव लामो समयसम्म चल्नेछ । यस्ताे अवस्थामा आईटी कम्पनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष नै आफ्ना प्राविधिक जनशक्ति कसरी परिचालन गर्ने भन्ने हाे । यसका लागि कार्यालय र नियमित परियाेजना वैकल्पिक विधिबाट सञ्चालन गर्नेबारे हामीले तयारी थाल्नुपर्ने अवस्था देखिएकाे छ ।

अघिल्लाे लकडाउनकाे समयमा आईटी कम्पनी र प्रविधि उद्याेगबाट धेरै व्यक्तिहरूले नयाँ साेच अघि सारे र व्यवसायलाई निरन्तरता दिए । कतिले याे अवधिमा स्टार्टअप व्यवसाय र राेजगारीका अवसर सिर्जना गर्न सफल भए । उद्यमशीलता सुरू गरे । याे सुखद पक्ष हाे ।

महामारीका कारण काम गर्ने तरिकामा पनि परिवर्तन भइरहेकाे छ । हुन त याे ग्लाेबलाइजेशन र प्रविधि जगतमा वास्तविक प्रतिभाका लागि कुनै भूगाेलले अर्थ राख्दैन । एक ठाउँबाट अर्काे ठाउँकाे काम सजिलै गर्न र गराउन सकिन्छ । स्मार्ट राेजगारदाताले यही अभ्यास गरिरहेका छन् ।

तर अहिले त्यस्ता रोजगारदाता सीमित मात्र छन् । अझै धेरै वर्क फ्रम होम वा रिमोट कल्चर सेटअप र पर्फमेन्स ट्रयाकिङमा जान सकिरहेका छैनन् । कर्मचारीलाई काम र जिम्मेवारीबाट निकाल्नुभन्दा यो नयाँ अभ्यास अवलम्बन गर्न सके व्यवसायले निरन्तरता पाउने थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१