नेपाली बजारमा आईडीपी कार्ड प्रिन्टर, सबै किसिमका परिचयपत्र गुणस्तरीय र छिटो प्रिन्ट गर्न सकिने
असार ६, २०७८ १३:३४
काठमाडौं । कोभिड-१९ को दोस्रो भेरियन्ट फैलिएसँगै नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यस्तो अवस्थामा अत्यावश्यकबाहेक अधिकांश सेवा भौतिक रूपमा सञ्चालन हुन सकेका छैनन् । यद्यपि स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी, सरकारी कर्मचारी, बैंकरलगायत अत्यावश्यक सेवामा खटिने व्यक्तिहरू भने निरन्तर व्यस्त छन् ।
कामको सिलसिलामा बाहिर हिँडडुल गर्दा परिचयपत्र अहिले अनिवार्य जस्तै भइसकेको छ । अरू सामान्य अवस्थामा समेत कर्मचारीले आफ्नो संस्था र कम्पनीको परिचयपत्र बोक्ने गर्छन् ।
यस्ताे अवस्थामा छिटाे र छरिताे रूपमा कार्ड प्रिन्ट गर्ने प्रिन्टरकाे खाेजीमा रहनेका लागि आई.डी.पी. स्मार्ट प्रिन्टर एक विकल्प हुनसक्छ । नेपाली बजारमा सागर ग्रुपले याे ब्राण्डका प्रिन्टर उपलब्ध गराएकाे छ ।
‘सबै प्रकारका व्यवसायका लागि छिटो, छरितो र गुणस्तरीय परिचय पत्र प्रिन्ट गर्न उपयाेगी आई.डी.पी. कोरियाको एक उत्कृष्ट ब्राण्ड हो’, सागर ग्रुपका सेल्स डाइरेक्टर विजय केसीले भने ।
उनले अगाडि भने, ‘आई.डी.पी ब्राण्डका प्रिन्टरहरूले स्मार्ट र उत्कृष्ट कलर प्रिन्टसहित ल्यामिनेटहरू मात्र गर्दैन । अहिलेको सबैभन्दा नयाँ स्मार्ट कार्ड इनकाेडिङ र रिडिङ गर्नुका साथै कन्ट्याक्टलेस र म्याग्नेटिक स्ट्राइप टेक्नाेलाेजी कार्डलाई पनि सपोर्ट गर्दछ ।’
हाल नेपाली बजारमा सागर ग्रुपले बिक्री वितरण तथा बिक्रिपछिको सेवा दिँदै आएको छ । नेपाली बजारमा कम्पनीकाे पछिल्लाे प्रविधि आई.डी.पी. SMART – 21/31/51/70 सेरिज प्रडक्ट उपलब्ध छ, जसमा माेडलअनुसार फरक-फरक सुविधा रहेको जनाइएकाे छ ।
यी उत्पादन अनलाइनबाटै अर्डर गर्न मिल्ने व्यवस्था ल्याइएकाे छ । ग्राहकले बेलियाे डटकममा गएर विभिन्न माेडलका प्रिन्टरकाे फिचर हेर्न र खरिद गर्नसक्ने छन् । हाल कम्पनीले हरेक प्रडक्टमा १० प्रतिशत छुट दिएकाे छ ।
कसका लागि उपयाेगी छ ?
- स्वास्थ्य क्षेत्र तथा हस्पिटल क्षेत्र
- होटेल, रेस्टुरेन्टलगायत हस्पिटालिटी
- कर्मचारीको badges हरूका लागि
- सरकारी स्कुल, बोर्डिङ तथा कलेजका विद्यार्थीको परिचयपत्र
- बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी तथा ग्राहकका लागि
- विभिन्न Access control cards हरूका लागि
- विभिन्न membership cards हरूका लागि
- विभिन्न customer loyalty cards हरूका लागि
- साइबर, कम्युनिकेसन सेन्टर, प्रिन्टिङ प्रेसका लागि
- डिपार्टमेन्टल स्टोर तथा पार्किङका
- अन्य विविध परिचय पत्र (कार्ड) सम्बन्धी प्रयोजनका लागि
फाइदा र सुविधा
- मसिनसँगै फ्रीमा “SMART IDesigner software” भएकाले छुट्टै डिजाइन वा कुनै डिजाइनरको आवश्यकता पर्दैन ।
- प्रिन्टिङ प्रेसमा जानु नपर्ने समय र पैसाको बचत हुन्छ ।
- संस्थाको आन्तरिक लोगो, डिजाइन, डेटा सुरक्षित हुन्छ, दुरुपयोग हुँदैन ।
- प्लास्टिक कार्ड प्रिन्टिङ, यूभी प्यानल, लेभिनेसन, Rewritable, Encoding, जस्ता PVC कार्डहरू प्रिन्टिङ गर्न सकिन्छ ।
- नेपालमै सपोर्ट सेन्टर उपलब्ध हुनाले प्राविधिकसँग जुनसुकै समयमा पनि सपोर्ट लिन सकिन्छ ।
- प्रिन्ट गरेको कार्डमा फोटो, लोगो र सबै अक्षर उच्च गुणस्तर हुन्छ ।
- मसिन प्रयोगसँगै Cleaning Kits, standards card द्वारा आफैंले सफा र सुरक्षित गर्न सकिन्छ ।
- कलर प्रिन्टिङ ३०० डी.पी.आई. (300 dots per inch) मा गर्दछ, जुन कार्ड प्रिन्टिङ टेक्नोलोजीका लागि उकृष्ट गुणस्तर हो ।
- यसको प्रिन्टिङ गति २० प्रति सेकेन्डमा १ कार्ड प्रिन्ट गर्छ, यसमा महत्त्वपूर्ण सुविधा Edge-to-Edge Printing हो ।
- मसिन चलाउनका लागि LED Buttons हरू पनि उपलब्ध रहेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६
