close

ब्लुटुथ इयरपिस ल्याउँदै नोकिया

टेकपाना टेकपाना

जेठ १७, २०७८ १७:४२

ब्लुटुथ इयरपिस ल्याउँदै नोकिया

काठमाडौं । नोकियाले ब्लुटुथ इयरपिस ल्याउने भएको छ । बिजनेश ओरियन्टेड ब्लुटुथ इयरपिसको रुपमा कम्पनीले बजारमा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेकाे हाे ।

यस बारेमा एफसीसी सर्टिफिकेशनले हालै एउटा फोटो सार्वजनिक गरेको छ । जुन पुरानो मोडलको इयरपिस जस्तो रहेको छ । हेर्दा केही ठूलो र एउटा कानमा मात्रै लगाउने खालेको उक्त हेडसेट कम्पनीको बीएस–११० मोडल जस्तै देखिएको छ ।

तर, त्यसमा केही परिवर्तन भने गरिएको छ । जसमा उक्त हेडसेट केही घुमाउरो र मल्टिफङ्सन बटनका साथ आउने देखिएको छ । फिङ्गर टचमा आधारित उक्त एयरपिसको साइडमा दुई वटा की रहेको छ । जसमार्फत साउण्ड बढाउन र घटाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३