एरिक्सन मैदानमा लड्दा कान्तिपुर टेलिभिजनको ‘फेक न्युज’, सामाजिक सञ्जालमा चरम आक्रोश
जेठ ३०, २०७८ १४:३०
काठमाडौं । यूराे कप फुटबलअन्तर्गत शनिबार कोपनहेगनमा डेनमार्क र फिनल्यान्डबीचकाे खेल चलिरहँदा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा बेहोस भएर ढले । लगत्तै विश्वभरका फुटबल पारखीहरूमा सन्नाटा छायाे । सबैले उनकाे स्वास्थ्यकाे कामना गरिरहेका थिए ।
त्यहीबेला नेपालको कान्तिपुर टेलिभिजनले भने आफ्ना सामाजिक सञ्जालमा ‘ब्रेकिङ न्युज’ दियो – ‘युरो कपको खेल चल्दै घाइते भएका डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सको मृत्यु, खेल स्थगित ।’
यो पाेस्ट नेपालका साेसल मिडियामा एकैछिनमा भाइरल बन्यो । धेरैले शेयर गरे । तर केही समयमै थाहा भयो कान्तिपुर टिभीकाे याे पाेस्ट फेक रहेछ । कान्तिपुरले पनि लगत्तै पोस्ट हटायो र क्षमा माग्याे ।
#Eurocup2020 अन्तर्गत डेनमार्क र फिनल्यान्डबीचको खेल 'मेडिकल एमर्जेन्सी'का कारण स्थगित। खेलको ४० औं मिनेटमा डेनमार्कका खेलाडी क्रिष्चिटियन एरिक्सन एक्कासी लडेका थिए। एरिक्सनको उपचार जारी।
— Kantipur TV HD (@ourktv) June 12, 2021
[यसअघि पोस्ट भएको ट्वीटका लागि क्षमाप्रार्थी छौं]
यसपछि सामाजिक सञ्जालमा कान्तिपुर टिभीप्रति आक्रोश पोख्दै धेरैले पोस्ट गरिरहेका छन् । धेरैले कान्तिपुरजस्तो प्रतिष्ठित र मूलधारको मिडियाले अध्ययन नै नगरी खबर प्रवाह गर्दा दुःख लागेकाे प्रतिक्रिया दिएका छन् ।
Being one of the most reputed, mainstream media, the news posted by Kantipur TV is just unacceptable and insensitive!
— bijulionfire?️?♥️⚡ (@bijulionfire) June 12, 2021
Really sad that a mainstream news site like Kantipur did this.. This is totally unacceptable, Why ??.. pic.twitter.com/LLYMSxoQjS
— Sulav Karki ?? (@SulavKarki) June 12, 2021
Good morning to everyone except kantipur tv and social gloves entertainment
— Landline Bling ☎️ (@arambha__) June 13, 2021
Kantipur TV HD hurrying to break? Come on don't be such an attention seeker.
— Nobody (@BiseshSangat) June 12, 2021
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
