काठमाडौं । यूराे कप फुटबलअन्तर्गत शनिबार कोपनहेगनमा डेनमार्क र फिनल्यान्डबीचकाे खेल चलिरहँदा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा बेहोस भएर ढले । लगत्तै विश्वभरका फुटबल पारखीहरूमा सन्नाटा छायाे । सबैले उनकाे स्वास्थ्यकाे कामना गरिरहेका थिए ।
त्यहीबेला नेपालको कान्तिपुर टेलिभिजनले भने आफ्ना सामाजिक सञ्जालमा ‘ब्रेकिङ न्युज’ दियो – ‘युरो कपको खेल चल्दै घाइते भएका डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सको मृत्यु, खेल स्थगित ।’
यो पाेस्ट नेपालका साेसल मिडियामा एकैछिनमा भाइरल बन्यो । धेरैले शेयर गरे । तर केही समयमै थाहा भयो कान्तिपुर टिभीकाे याे पाेस्ट फेक रहेछ । कान्तिपुरले पनि लगत्तै पोस्ट हटायो र क्षमा माग्याे ।
#Eurocup2020 अन्तर्गत डेनमार्क र फिनल्यान्डबीचको खेल 'मेडिकल एमर्जेन्सी'का कारण स्थगित। खेलको ४० औं मिनेटमा डेनमार्कका खेलाडी क्रिष्चिटियन एरिक्सन एक्कासी लडेका थिए। एरिक्सनको उपचार जारी।
यसपछि सामाजिक सञ्जालमा कान्तिपुर टिभीप्रति आक्रोश पोख्दै धेरैले पोस्ट गरिरहेका छन् । धेरैले कान्तिपुरजस्तो प्रतिष्ठित र मूलधारको मिडियाले अध्ययन नै नगरी खबर प्रवाह गर्दा दुःख लागेकाे प्रतिक्रिया दिएका छन् ।
Being one of the most reputed, mainstream media, the news posted by Kantipur TV is just unacceptable and insensitive!