close

फेसबुक म्यासेन्जरमा च्याट थिम परिवर्तन गर्ने तरिका

टेकपाना टेकपाना

असार १, २०७८ १४:४८

फेसबुक म्यासेन्जरमा च्याट थिम परिवर्तन गर्ने तरिका

काठमाडौं । हामी सधैंजसो फेसबुक तथा म्यासेन्जर प्रयोग गरिरहेका हुन्छौं । तर, त्यसमा उपलब्ध हुने कतिपय फिचरको बारेमा हामीलाई थाहा नहुन पनि सक्छ ।

फेसबुक म्यासेन्जरमा एउटा फिचर छ, जसको बारेमा हामी थारैमात्रै जानकार छौं । त्यो हो, म्यासेन्जरको च्याट थिम परिवर्तन गर्ने । हामी कतिपयले म्यासेन्जर डाउनलोड गरेदेखि आजसम्म पनि त्यही क्लासिक थिम नै प्रयोग गरिरहेका हुन्छाैं ।

यसका कारण हामी उक्त थिममा अभ्यस्त नभएर पनि हो । तर, हामीसँग म्यासेन्जरको थिम परिवर्तन गर्ने विकल्प भने उपलध रहेको छ । आज हामी तपाईंलाई उक्त फिचरबारे जानकारी दिँदै छौं । त्यसका लागि सुरुमा तपाईंको फेसबुक म्यासेन्जर अपडेट भएको हुनुपर्नेछ ।

अब तपाईंको म्यासेन्जर खोल्नुहोस् ।

म्यासेन्जर खोलेसँगै कुनै एक जना साथीको च्याटमा क्लिक गर्नुहोस् । अथवा तपाईं कुन व्यक्तिसँगको च्याट थिम परिवर्तन गर्न चाहनुहुन्छ, सर्च गर्नुहोस् ।

अब उक्त व्यक्तिसँगको कुराकानी भएको च्याटबक्स खोल्नुहोस् । च्याटबक्सको दायाँपट्टि माथि कल र भिडियो कलसँगै रहेको अर्को अप्सनमा क्लिक गर्नुहोस् । उक्त अप्सनमा क्लिक गरेसँगै त्यहाँ तपाईं ‘थिम’ भन्ने अप्सन देख्नुहुनेछ ।

उक्त अप्सनमा क्लिक गर्नुहोस । आफूलाई मनपर्ने थिम छनोट गर्नुहोस् । यसपछि तपाईंले उक्त व्यक्तिसँग गरिने च्याटबक्सकाे ब्याकग्राउण्डमा थिम परिवर्तन पाउनुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१