काठमाडौं । जब तपाइर्लें आफ्नो स्मार्टफोन हराएको थाहा पाउनुहुन्छ, तुरुन्त आफूले सकेको ठाउँमा खोज्नुहुन्छ वा सम्बन्धित निकायमा खबर गर्नुहुन्छ । त्योसँगै तपाईंलाई स्मार्टफोन भेट्टाउने व्यक्तिले दुरुपयोग त गर्ने होइन भन्ने चिन्ता हुन्छ । यसर्थ स्मार्टफोन हराउनासाथ त्यसभित्र लगइन भएका अनलाइन अकाउन्टबाट सम्भावित जोखिम हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा जानकार हुनु अत्यावश्यक हुन्छ ।
डिभाइस हराउँदा मात्रै होइन, कहिले काहिँ तपाईं कतै हुनुहुन्छ तर घर अथवा अफिसमा रहेको आफ्नो डिभाइसमा लगइन भएको अनलाइन अकाउन्ट लगआउट गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा अर्को डिभाइसबाट आफ्नो अकाउन्ट लगआउट गर्न सक्नुहुन्छ ।
आज हामी अर्को डिभाइसबाट जिमेल अकाउन्ट लगआउट वा साइनआउट कसरी गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं ।
सुरुमा तपाईंलाई कुनै ब्राउजरमा जिमेलको वेबसाइट खोल्नुहोस् र जिमेल लगइन गर्नुहोस् ।
अब उक्त आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ ‘Manage Your Google Account’ अप्सनमा क्लिक गर्नुहोस् ।
अब नयाँ पेज खुल्नेछ । जहाँ तपाईंले ‘Security’ भन्ने अप्सन ब्राउजरको माथि देख्नुहुन्छ । उक्त अप्सनमा क्लिक गरी तल रहेको ‘Manage Device’ मा क्लिक गर्नुहोस् ।
जब तपाईंले ‘म्यानेज डिभाइस’ मा क्लिक गर्नुहुन्छ तब त्यहाँ तपाईंको जिमेल लगइन भएका डिभाइसहरुको लिस्ट देखा पर्नेछ । त्यतिमात्रै उक्त डिभाइस हाल कहाँ छन भन्ने पनि जानकारी पनि त्यहाँ देखिने छ ।
उक्त डिभाइसमध्ये तपाईंले कुन डिभाइसबाट आफ्नो गुगल अकाउण्ट लगआउट गर्न खोज्नुभएको हो त्यसमा माथि रहेको ‘थ्रि डट’ अप्सनमा क्लिक गर्नुहोस् ।
उक्त ‘थ्रि डट’ अप्सनमा क्लिक गरेसँगै त्यहाँ तपाईंले ‘साइन आउट’ को अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गरेसँगै गुगलले तपाईं जिमेल लगआउट गर्न चाहनुहुन्छ भनेर सोध्ने छ । त्यसमा ‘ओके’ गरी तपाईंले जिमेललाई लगआउट गर्न सक्नुुहुनेछ ।