काठमाडौं । लाभा ब्राण्डकाे बारफोन तथा स्मार्टफोन नेपाली उपभाेक्तामाझ परिचित नै छ । बारफोनको बजारमा नेपाली प्रयोगकर्तामाझ अब्बल साबित भएको लाभाको मुख्य कम्पनी ‘इनवान टेक्नोलोजी’ ले पछिल्लो समय नयाँ ब्राण्डको रुपमा ‘बेन्को’ को सुरुवात गरेको छ ।
विश्व बजारमा भित्रिएको केही समयपछि उक्त ब्राण्डको स्मार्टफोन अब नेपाली प्रयोगकर्तामाझ पनि उपलब्ध भएको छ । अम्बे ग्रुप अन्तर्गतको अम्बे मोबाइल्स प्रालिले आधिकारिक रुपमा यो स्मार्टफोन नेपाली प्रयोगकर्तामाझ उपलब्ध गराएको हो ।
कम्पनीले गएको मे महिनामै पहिलो पटक नेपाली बजारमा बेन्कोको पहिलो उत्पादन भी८० भित्र्याएको थियो । भने, सोमबारदेखि नयाँ उत्पादनको रुपमा ‘भी६०’ नेपाली बजारमा भित्रिएको छ । १५ हजारभन्दा मुनिका स्मार्टफोनमा प्रयोगकर्तालाई उत्कृष्ट प्रविधि र नयाँपन प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले यसको सुरुवात गरको हो ।
लाभा ब्राण्डले पाएको सफलतालाई आत्मासात गर्दै कम्पनीले नेपाली बजारमा बेन्को भित्र्याएको हो । योसँगै प्रयोगकर्ताले इन्ट्री लेभलको मूल्यमा हाई इन्ड फिचरका साथ स्मार्टफोन प्रयोग गर्न पाउनेछन् । लाभाको आफ्नै छुट्टै नेटवर्क भएकाले त्यही नेवटर्कमार्फत कम्पनीले बेन्कोलाई समेत नेपालका हरेक स्थानमा उपलब्ध गराइरहेको जनाएको छ ।
बेन्को भी६०
बेन्को भी६० सोमबार मात्रै नेपाली बजारमा भित्रिएको कम्पनीको नयाँ स्मार्टफोन हो । १० हजार ३ सय २९ रुपैयाँ बजारमाका साथ आएको उक्त फोनमा ६.१ इन्चको एचडी प्लस वाटरड्रप डिस्प्ले रहेको छ । एन्ड्रोइड ११ गोमा आधारित फोनमा अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । २ जीबी र्याम रहेको फोनमा ३२ जीबी इन्टरनल मेमोरी रहेको छ ।
भने, एसडीकार्ड प्रयोग गरी स्टोरेज क्षमता बढाउन सकिने छ । फोनको पछाडी दुई ओटा क्यामेरा रहेको छ । जसमध्य १२ मेगा पिक्सेलको सोनी सेन्सर युक्त मुख्य क्यामेरा रहेको छ । जसमार्फत उत्कृष्ट फोटो तथा भिडियो कैद गर्न सकिने कम्पनीले जनाएको छ । एआई प्रविधिको समेत प्रयोग भएकाले त्यसबाट फोटाको कलर, ब्राइटनेश, क्ल्यारिटी लगाएतका विषय एड्जस्ट गर्न मद्धत गर्ने जनाइएको छ ।
यसका साथै फोनका ४१२० एमएएच क्षमताको ब्याट्री रहेको छ । जसको मद्धतले एक पटकको चार्जमा लामो समयसम्म प्रयोगकर्तालाई स्मार्टफाने सँग जोडि राख्न मद्धत गर्नेछ । सुरक्षाका लागि फेस अनलक तथा फ्रिंगरप्रिन्ट अनलक फिचर उपलब्ध रहेको छ । यो फोन बजारमा ब्लु र ग्रिनिस सिल्भर कलरमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
मुख्य फिचर
६.१ इन्च एचडी प्लस वाटरड्रप डिस्प्ले
सोनी सेन्सर युक्त १२ मेगापिक्सेल एआई ड्युल रियर क्यामेरा
४१२० एमएएच क्षमताको ब्याट्री
अक्टाकोर प्रोसेसर
२ जीबी र्याम प्लस ३२ जीबी रोम
एन्ड्रोइड ११ गो सिस्टम
मूल्य : १०३२९
बेन्को भी८०
बेन्को भी८० कम्पनीले यसअघि नै नेपाली बजारमा उपलब्ध भएको स्मार्टफोन हो । यही मे महिनामा कम्पनीले नयाँ स्मार्टफोन सार्वजनकि गरेको थियो । ६.५१७ इन्चको एचडी प्लस वाटरड्रप डिस्प्ले रहेको छ । ८९.५ स्क्रिन टु वड्डी रेसियो युक्त यो फोनको बजार मूल्य ११ हजार ७ सय ७७ रुपैयाँ तोकिएको छ ।
५००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोन एन्ड्रोइड ११ मा आधारित रहेको छ । फोन ३ जीबी र्याम र ३२ जीबी रोमका साथ बजारमा उपलब्ध भएको छ । भने, ४ जीबी र्याम र ६४ जीबी रोम भेरियन्ट पनि चाँडै बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एसडी कार्ड प्रयोग गरि ५१२ जीबी सम्म स्टोरेज क्षमता विस्तार गर्न सकिने जनाइएको छ ।
फोनमा ड्युल क्यामेरा सेटअप रहेको छ । जसमा ८ मेगा पिक्सेलको मुख्य क्यामेरा रहेको कम्पनीले जनाएको छ । भने, सेल्फीका लागि ८ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।