close

१० वर्ष वारेन्टीसहित सामसङका एआई प्रविधियुक्त वासिङ मसिन नेपाली बजारमा

टेकपाना टेकपाना

असार २३, २०७८ १८:१७

१० वर्ष वारेन्टीसहित सामसङका एआई प्रविधियुक्त वासिङ मसिन नेपाली बजारमा

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले नेपाली बजारमा पहिलो पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ मसिन प्रस्तुत ल्याएकाे छ ।

कम्पनीका अनुसार फुल–अटोमेटिक फ्रन्टलोड वासिङ मसिनमा इकोबब्बल™ प्रविधिको संयोजन गरिएको छ, जसले गर्दा कपडालाई ४५५ थप सुरक्षा प्रदान गर्दछ । साथै गुणस्तरीय धुलाइका लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको र यस प्रविधिले ९९.९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जिनहरु हटाउन सक्ने जनाइएकाे छ ।

यी नयाँ मोडलका वासिङ मसिनले प्रयोगकर्ताहरुको लुगा धुने व्यवहारलाई बुझेर सबैभन्दा भरपर्दो वासिङ साइकलको विकल्प प्रदान गर्ने कम्पनीकाे दाबी छ । ‘जब सामसङ स्मार्टथिङ्गस् एपको माध्यमबाट कनेक्टेड भइन्छ, त्यसपछि यसले २.८ मिलियन डाटा वाइन्टहरु मार्फत स्मार्ट लन्ड्री रिसिप सोलुसनको माध्यमबाट उत्कृष्ट विकल्प प्रदान गर्दछ,’ कम्पनीकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सामसङले कस्टमाइज गरिएका एआई प्रविधियुक्त लुगा धुने मसिनहरु तीन विभिन्न भेरियन्टमा उपलब्ध गराएकाे छ । यसमा ग्राहकले आफू अनुकुल कस्टमाइज लन्ड्री प्रोसेस तय गर्न सकिने जनाइएकाे छ ।

यसमा भएको एआईले लुगा धुने बानीलाई आफ्नो मेमोरीमा राख्दछ र पछि त्यस्तै खालको कपडा धुँदा सोही अनुरुप कार्य गर्दछ । यसमा भएको स्मार्ट इन्टरनेट अफ थिङ्गस्ले इन्टरनेटको माध्यमबाट सामसङको स्मार्ट डिभाइसहरुबाट जस्तै Galaxy smartphones, Samsung Smart TVs तथा भ्वाइस डिभाइसहरु अलेक्सा र गुगल होमसँग कनेक्टेड रहेर प्रयोगकर्ताहरुले जिवन्त अनुभव लिन सक्दछन् ।

नयाँ सामसङ वासिङ मसिन नयाँ डिजाइनको साथ जग डायल कन्ट्रोल युक्त युजर फ्रेन्ड्ली स्लिक डिजिटल इन्टरफेसको साथ उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार वसिङ मसिनमा रहेको एआई कन्ट्रोल स्मार्ट सोलुसनले लन्ड्री रेसिपी, लन्ड्री प्लानिङ्ग, होम केयर विजार्ड तथा लोकेसन बेस्ड रेकमन्डेसन प्रदान गरी धुलाइलाई अझै सहज बनाउन सहयोग गर्दछ ।

यसले कुनैपनि एरर वा समस्यालाई पनि सहजै हल गर्ने रसर्भिस सेन्टरमा सम्पर्क गर्नुपर्ने परिस्थितिको सिर्जना नगर्ने कम्पनीको दाबी छ ।

नयाँ एआई इनेबल्ड लन्ड्री वासिङ मसिनहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार अन्तर्गत रहेका रिटेल पार्टनरहरु मार्फत सहजै खरिद गर्न सकिन्छ । यी वासिङ मसिनहरु रु .१,०९,९९० देखि उपलब्ध रहेका छन् ।

नयाँ एआई इनेबल्ड वासिङ मसिनहरु ८/६ केजी र १२/८ केजी को वासर ड्रायरको साथै १२ केजी वासर टाइप वासिङ मसिनको भेरियन्टहरुमा उपलब्ध छन् ।

ग्राहकले यो नयाँ वासिङ मसिन हिम इलेक्ट्रोनिक्स अन्तर्गत रहेका सामसङ स्मार्ट प्लाजामार्फत् १५ प्रतिशतसम्मको क्यासब्याक तथा सहज किस्तावन्दीमा खरिद गर्न सक्नेछन् । यी प्रडक्टमा १० वर्षकाे वारेन्टी सुविधा दिइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३