काठमाडौं । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसाे ठाउँमा निरन्तर वर्षा भइरहेकाे छ । वर्षाका कारण नदीमा बहाव बढ्दा बाढीकाे खतरा बढेकाे भन्दै पूर्वसतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेकाे छ ।
अर्काेतर्फ मनसुन सक्रिय हुँदा बाढीसँगै पहिराेकाे पनि खतरा छ । यसकारण वर्षा प्रभावित ठाउँका बासिन्दाले बाढी, पहिराेबारे पूर्वसूचना लिएर सावधानी अपनाउन विभागले अनुराेध गरेकाे छ ।
यसअन्तर्गत विभागले हरेक दिन विहान ७ बजे बाढीपूर्वानुमानका लागि दैनिक बाढी बुलेटिन जारी गरेकाे छ । बुलेटिन पढ्न विभागकाे याे वेबसाइटमा गएर नाेटिस सेक्सनमा जानुपर्छ ।
बिहीवारकाे बाढी पूर्वानुमान बुलेटिन पढ्न यहाँ क्लिक गर्नुहाेस् । साथै यही वेबसाइटबाट नियमित बाढीको अवस्था तथा बाढी पूर्वानुमानबारे जानकारी लिन सकिने विभागले जनाएकाे छ । साथै विभागकाे फेसबुक र ट्वीटर अकाउन्टबाट समेत अपडेट लिन सकिनेछ ।
असार २४ आज कोशी,नारायणी र यसका सहायक नदीहरुमा बहाब बढ्ने,केहीमा सतर्कता तह पार गर्न सक्ने,कन्काई,कमला,बागमती,पुर्वी राप्ती,तिनाउ लगायतमा बहाब बढ्ने,केही सना सहायक नदीहरुमा आकस्मिक वहाव भई सतर्कता तह पुग्न सक्ने,तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाऔ। pic.twitter.com/fpjA4WslQk
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 8, 2021
त्यसैगरी विभागकाे टाेल फ्री नम्बर ११५५ मार्फत जारी हुने एसएमएसबाट तपाईंको क्षेत्रमा हुनसक्ने सम्भाव्य बाढीसम्बन्धी जानकारी लिन र सावधानी अपनाउन सक्नुहुन्छ ।