close

टिकटकमा अबदेखि क्रिप्टोकरेन्सी प्रवर्द्धन गर्न नपाइने

टेकपाना टेकपाना

असार २६, २०७८ १८:४

टिकटकमा अबदेखि क्रिप्टोकरेन्सी प्रवर्द्धन गर्न नपाइने

काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्मबाट प्रयोगकर्तालाई क्रिप्टोकरेन्सी प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएको छ । पछिल्लो समय टिकटक इन्फ्लाेएन्सर वा पब्लिक सेलिब्रेटीले डाेगकाेइनजस्ता क्रिप्टोकरेन्सीको प्रवर्द्धन गरिरहेकाे पाइएपछि कम्पनीले त्यस्ता गतिविधिमा प्रतिबन्ध लगाएको हो ।

क्रिप्टोबाहेक लोन, क्रेडिट कार्ड, र विदेशी मुद्रासँग सम्बन्धित अन्य वित्तीय सेवा र उत्पादनमा पनि प्रतिबन्ध लगाइएको छ । टिकटकले ल्याएकाे नयाँ ब्राण्डेड कन्टेन्ट पोलिसीको कार्यान्वयनसँगै प्रयाेगकर्ता थप नियन्त्रित हुनेछन् ।

टिकटकका चर्चित अकाउन्टबाट क्रिप्टाेकरेन्सी जस्ता वस्तु र सेवाकाे प्रवर्द्धन गरेबापत कमिसन लिने गरेका थिए । यसबाट विशेषगरी सोझा युवाको विश्वास जितेर केही स्वार्थ बोकेका प्रयोगकर्ताले लाभ लिने गरेकाे विश्लेषण गरिएकाे छ ।

टिकटकमा यसअघि नै क्रिप्टोकरन्सीसँग सम्बन्धित विज्ञापनमा प्रतिबन्ध लगाइएकाे थियाे । नयाँ कन्टेन्ट पाेलिसी लागू भएपछि नियम उल्लंघन गर्ने कन्टेन्ट वा भिडियो स्वतः हट्ने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३