काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड वनप्लसले ‘वनप्लस ६टी’ (Oneplus 6T) मार्फत हाइड्रोजन ओएस प्रयोगकर्तामाझ उपलब्ध गराएको छ । एन्ड्रोइड ११ मा आधारित हाइड्रोजन ओएस उल्लेख्य परिमार्जनका साथ उपलब्ध भएकाे छ ।
यसले विण्डोज ११ अपरेटिङ सिस्टम पनि सपोर्ट गर्ने भएको छ । योसँगै एन्ड्रोइड ११ का साथै विण्डोज ११ दुवै अपरेटिङ सिस्टम सपोर्ट गर्ने ‘वनप्लस ६टी’ पहिलो स्मार्टफोन भएको छ ।
अहिलेसम्म ‘वनप्लस ६टी’ ले एन्ड्रोइड ११ र विण्डाेज ११ दुवै एकैपटक प्रयोग गर्न सकिन्छ वा सकिन्न भन्ने विषयमा जानकारी उपलब्ध छैन । तर, सामान्यतया स्मार्टफोनले दुवै अपरेटिङ सिस्टम एकैपटक सपाेर्ट गर्नसक्ने अवस्था नभएकाले एक पटकमा एउटा मात्रै ओएस सपोर्ट गर्ने अनुमान गरिएकाे छ ।
कम्पनीले याे स्मार्टफाेन सन् २०१८ मा सार्वजनिक गरेकाे थियाे । ६.४१ इन्चको एमाेलेड स्क्रिन रहेको फोनमा क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर छ । यो फोन ६/८ जीबी र्याम र १२८/२५६ जीबी रोमका साथ बजारमा उपलब्ध छ ।