close

फोरजी सपोर्टसहित नोकियाको फिचर फोन सार्वजनिक

टेकपाना टेकपाना

साउन ९, २०७८ १२:११

फोरजी सपोर्टसहित नोकियाको फिचर फोन सार्वजनिक

काठमाडौं । नोकियाले भारतीय बजारमा फोरजी सपोर्ट गर्ने फिचर फोन ‘नाेकिया-११०’ सार्वजनिक गरेको छ । १.८ इन्चकाे कलर डिस्प्ले रहेकाे फाेनमा फाेरजी नेटवर्कसहित एचडी भ्वाइस कलिङ, वायर्ड र वायरलेस एफएम रेडियो, १३ दिनसम्मको स्ट्यान्डबाइ टाइम लगायतका फिचर रहेका छन् ।

नोकियाको यो फोनमा ३.५ एमएमको अडियो ज्याक, थ्री इन वान स्पिकर, भिडिओ र एमपीथ्री प्लेयर रहेकाे छ । यो फोनमा १०२० एमएएचकाे ब्याट्री रहेको छ । यसमा १२८ एमबीकाे र्‍याम र ४८ एमबीकाे इन्टर्नल स्टाेरेज रहेकाे छ, जसलाई ३२ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ । ।

त्यस्तै फाेनमा ०.८ मेगापिक्सेलकाे रियर क्यामेरा रहेकाे छ । डबल सिम सपाेर्ट गर्ने फाेनकाे ताैल ८४.५ ग्राम रहेकाे छ । भारतीय बजारमा यो फोनको मूल्य २,७९९ भारू तोकिएको छ ।

नेपाली बजारमा पनि याे फिचर फाेन चाँडै सार्वजनिक हुने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५