प्रभु क्यापिटलको रिफर योजना, एक वर्षसम्म डिम्याट र मेरो शेयर सेवा निःशुल्क
साउन ११, २०७८ ७:९
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’ सञ्चालनमा ल्याएको छ ।
आइतबारबाट सञ्चालनमा ल्याइएको उक्त योजना अन्तर्गत ग्राहकले एक वाष्का लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर सञ्चालनको सेवा पाउने जनाएको छ । उक्त योजना ३२ साउनसम्म सञ्चालन हुने जनाएको छ ।
उक्त योजनाअन्तर्गत प्रभु क्यापिटलमा पहिल्यै डिम्याट खाता भएका, नयाँ डिम्याट खाता खोलेका तथा खाता खोल्न अनलाइन आवेदन दिएका ग्राहकले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्ने जनाएको छ ।
प्रभु क्यापिटलको कार्यालयमा गएर नियमित कार्यालय समयमा वा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजनाअन्तर्गत डिम्याट खाता खोल्न सक्ने छन् ।
यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन (डिम्याट एप्लाइ डट प्रभु क्यापिटल डट कम) बाट समेत डिम्याट खाताको आवेदन दिन सकिने जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
