close

मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ ‘आईएमपी पे’ बाट

टेकपाना टेकपाना

साउन १९, २०७८ ८:२४

मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ ‘आईएमपी पे’ बाट

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ ।

वैशाख २१ गतेदेखि खुलाइएको आईपीओ लकडाउनका कारण स्थगित भई गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला गरिएको थियो अब भने कम्पनीले साउन ३२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

डिजिटल भुक्तानी सेवाप्रदायक ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने सुविधा छ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१