close

नेपालमा साओमीको नयाँ सर्भिस सेन्टर

टेकपाना टेकपाना

साउन ३०, २०७८ ८:२१

नेपालमा साओमीको नयाँ सर्भिस सेन्टर

काठमाडौं । मोबाइल स्मार्टफोन ब्राण्ड साओमीले नेपालमा साओमीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले वीरगञ्जस्थित रुँताजमल, आदर्शनगरमा शुक्रबारदेखि उक्त सेन्टर सञ्चालनमा ल्याएको हो ।

सो अवसरलाई सम्बोधन गर्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने, ‘सााओमीमा, मी फ्यानहरुको विश्वास र सन्तुष्टिलाई प्राप्त गर्नु नै हाम्रो लागि सर्वोपरी हो । हामी महसुस गर्छौं कि हाम्रा उपकरणहरुको गुणस्तर र मजबुत बिक्रीपछि सर्भिस प्राक्टिसेजहरु भरोसाको सुदृढीकरणमा लामो बाटो जान्छन् ।’

उनले अगाडि भने, ‘हामी आशा गर्दछौं कि यो नयाँ सर्भिस सेन्टरले नेपालमा हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्चस्तरीय सेवाको गुणस्तर प्रदान गर्ने दिशामा हाम्रो स्थिति र प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ ।’

साओमीका अन्य सर्भिस सेन्टर बुटवल, पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी, धनगढी र काठमाडौंमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१