close

थोरै समयमा यसरी डाउनलोड गर्नुहोस् युट्युव भिडिओ

टेकपाना टेकपाना

साउन ३१, २०७८ १२:३४

थोरै समयमा यसरी डाउनलोड गर्नुहोस् युट्युव भिडिओ

काठमाडौं । गुगलको प्रडक्ट युट्युव भिडिओ प्लेटफर्म विश्वव्यापी रुपमा चर्चित छ । करोडौं प्रयोगकर्ता मनोरञ्जनका साथै सिक्न र सिकाउन यो प्लेफर्म प्रयोग गरिरहेका हुन्छन् ।

तर, त्यसका लागि इन्टरनेट कनेक्सनको आवश्यक पर्छ । जहाँ इन्टरनेट उपलब्ध छ, त्यहाँ त कुनै समस्या भएन । तर, यदि तपाईं कतै जाँदै हुनुहुन्छ र त्यहाँ इन्टरनेट उपलब्ध हुँदैन भने के गर्ने त ?

त्यसका लागि तपाईंले उक्त ठाउँमा जानुपूर्व नै भिडिओ डाउनलोड गरेर राख्नुभएको खण्डमा फुर्सदको समयमा भिडिओ हेरेर बस्न सक्नुहुन्छ ।

त्यसका लागि युट्युवले अफलाइन भिडिओ डाउनलोडको अप्सन त दिएको छ । यसको अर्थ तपाईंले डाउनलोड गर्नुभएको उक्त भिडिओ तपाईंको मोबाइल स्टोरेज नभएर एपभित्र बसेको हुन्छ ।

जुन तपाईंले अनलाइन नहुँदा पनि हेर्न सक्नुहुन्छ । तर, त्यसरी डाउनलोड गरिएको भिडिओको कमजोरी भनेको त्यो केही दिनका लागि मात्रै रहन्छ ।

त्यसैले यहाँ हामी तपाईंहरूलाई सहज रुपमा युट्युवबाट भिडिओ डाउनलोड गर्ने सकिने विभिन्न तरिका सिकाउँदै छौं ।

१. पहिलो भनेको युट्युवले उपलब्ध गराएको ‘इनएप’ डाउनलोड नै हो । त्यसका लागि जब तपाईंले युट्युव खोली त्यहाँ रहेको कुनै भिडिओ चलाउनुहुन्छ भने उक्त भिडिओको मुनी तलतिर फर्किएको ‘Download’ एरो देख्नुहुनेछ ।

उक्त विकल्पमा क्लिक गरेसँगै तपाईंको डाउनलोड सुरु हुनेछ । तर, त्यसरी डाउनलोड गर्नुभएको भिडिओ तपाईंको मोबाइल स्टेजमा नभएर एपभित्र हुन्छ ।

जुन इन्टरनेट कनेक्सन नहुँदा समेत हेर्न सकिन्छ । तर, त्यसरी डाउनलोड गरिएको भिडिओको कमजोरी भनेको त्यो केही दिनका लागि मात्रै रहन्छ ।

त्यसरी डाउनलोड भएको भिडिओ तपाईंले युट्युवभित्र रहेको डाउनलोड सेक्सनमा गएर हेर्न सक्नुहुनेछ ।

२. दोस्रो विकल्प भनेको थर्ड पार्टी एप हो । बजारमा Tubemate, Snabtube जस्ता धेरै एप उपलब्ध छन् । कुनै समय युट्युवको भिडिओ डाउनलोडका लागि ट्युवमेट निकै चर्चित भएता पनि नयाँ भर्सनको ट्युवमेटमा भने केही समस्या आइरहेको छ ।

यस्तोमा दोस्रो विकल्प भनेको स्न्यापट्युव हो ।

हुन त यो एप गुगल प्ले स्टोरमा उपलब्ध भने छैन् । तपाईंले गुगलमा गएर यसको एपीके फाइल डाउनलोड गरेर अथवा कम्पनीको वेबसाइट मार्फत पनि यो एप डाउनलोड गर्न सक्नुहुनेछ ।

यसमार्फत तपाईंले युट्युवमा मात्रै नभएर फेसबुक, इन्स्टाग्राम लगायत प्लेटफर्मबाट पनि भिडिओ डाउनलोड गर्न सक्नुहुनेछ ।

त्यसका लागि उक्त एप खोलेर त्यहाँ आफूले डाउनलोड गर्न लागेको भिडिओको लिंक राखेर सहजै डाउनलोड गर्न सकिनेछ ।

त्यसरी डाउनलोड गर्दा तपाईंले कुन रेजुलाेसनमा डाउनलोड गर्ने हो, त्यो समेत छनोट गर्न सक्नुहुनेछ । त्यसरी डाउनलोड गरिएको भिडिओ मोबाइलको स्टोरेजमा उपलब्ध हुनेछ ।

३. यदि तपाईं मोबाइलमा थर्डपार्टी एप डाउनलोड गर्न चाहनुहुन्छ भने त्यसको विकल्प भनेको वेबमा आधारित डाउनलोड हो । त्यसका लागि पनि धेरै विकल्प रहेका छन् ।

त्यसमध्ये सबैभन्दा प्रभावकारी भनेको   ‘en.savefrom.net’  हो । जसमा तपाईंले डाउनलोड गर्न चाहनुभएको भिडिओ लिंक राखेर त्यहाँबाट मोबाइल तथा ल्यापटपमा भिडिओ डाउनलोड गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१