close

अनलाइनबाट खानाका परिकार मगाउँदा ५० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

साउन ३२, २०७८ ९:१०

अनलाइनबाट खानाका परिकार मगाउँदा ५० प्रतिशतसम्म छुट

काठमाडौं । चितवनमा भोलि र पर्सी अनलाइन फुड महोत्सव हुने भएको छ । अनलाइन फुड डेलिभरी कम्पनी चितवन फुडल्याण्डले भोलिदेखि ४८ घण्टासम्म अनलाइन फुड महाेत्सव गर्ने भएको हो ।

महाेत्सवमा ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने पाउने जनाइएको छ । कम्पनीको एप डाउनलोड गरी अनलाइन फुड अर्डर गर्दा अधिकतम छुट दिइने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल ५० भन्दा बढी रेष्टुरेन्टहरुसँग सहकार्य गरिरहेको छ । तीमध्ये अटाली, हङग्री टम, भज्जु रेष्टुरेन्ट, बेल्ना, क्वालिटी फुड र ज्याङ्कोज फेमिली रेष्ट्रो गरी ६ रेष्टुरेन्टले महोत्सवलाई प्रायोजन गर्ने फुडल्याण्डका सञ्चालक मान श्रेष्ठले जानकारी दिए ।

यस किसिमको महोत्सव उपत्यका बाहिर नै पहिलो पटक आयोजना गर्न लागिएको उनले बताए । कोरोना महामारीका कारण रेष्टुरेन्टमा बसेर खाने अवस्था नरहे पनि घरमा नै चाहे अनुसारको परिकार उपलब्ध गराउने उद्धेश्यका साथ महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

महोत्सवले उपभोक्तालाई नयाँपन दिने समेत उनको विश्वास छ । फुडल्याण्डले अहिले ३० किलोमिटर वरपरको क्षेत्रमा डेलिभरी सेवा दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१