close

फागुन ७ देखि क्यान इन्फोटेक, यस्ता छन् मूख्य आकर्षण

टेकपाना टेकपाना

पुस २, २०७६ १४:३१

फागुन ७ देखि क्यान इन्फोटेक, यस्ता छन् मूख्य आकर्षण

यस पटकको क्यान इन्फोटेक आगामी फागुन २ देखि ७ गतेसम्म हुने भएको छ । आयोजक कम्प्युटर एशोसिएशन नेपाल -क्यान महासंघले बुधबार वार्षिक रुपमा हुँदै आएको इन्फोटेकको मिति घोषणा गरेको हो । 

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधि तथा मनोरञ्जन सम्बन्धि मेला ६ दिनसम्म चल्नेछ । मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

२६ औ क्यान इन्फोटेकमा प्रभु पे शिर्ष प्रायोजको रुपमा रहेको छ भने अफिसियल इन्सोरेन्स तर्फ प्रभु इन्स्योरेन्स तथा टिकट पार्टनरमा ई-पेले प्रायोजन गरेको छ । सिल्भर प्रायोजको रुपमा लर्ड बुद्ध एजकेसन फाउन्डेसन छ भने प्लाटिनम डायमण्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसियल प्रायोजकको स्थान खुला रहेकाे क्यानले जनाएको छ । 

अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरण देख्न पाउनेछन् । जसमा ब्राण्डेड, आइसीटी एसेसिरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स ई-वेष्ट म्यानेजमेन्ट, वाइफाइ, इन्टरनेट र लर्निग सेन्टर, आईटी कलेजका विद्यार्थी द्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षणको रुपमा रहनेछन् । 

यस्तै, अपरेटिड सिस्टम सफ्टवेयर, नेटवर्क सोलुसन, मोबाइल फोन तथा सोलुसन इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एसेसिरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिंग सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

त्यसैगरी आर्टिफिशियल इन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैङ्क, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निड सफटवेयर तथा ट्युटोरियल आदि पनि प्रदर्शनीमा रहनेछन् ।

गत वर्ष करिब ३ लाख ७६ हजार भन्दा बढीले अवलोकन गरेको मेलामा यो वर्ष ४ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा आयोजकले लिएको छ । यस पटकको इन्फोटेकहरुमा प्रवेश टिकट पौष ६ गतेदेखि नै अनलाईन बुकिङका लागि खुला गरिने बताइएको छ । आयोजक क्यान नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ-संस्था तथा व्यवसायीहरुको छाता संगठन हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३