close

सामसङ ग्यालेक्सी ए०४ई नेपाली बजारमा, मूल्य साढे १३ हजार

टेकपाना टेकपाना

पुस २०, २०७९ २१:४३

सामसङ ग्यालेक्सी ए०४ई नेपाली बजारमा, मूल्य साढे १३ हजार

सामसङले नेपाली बजारमा ए०४ई स्मार्टफोन भित्र्याएको छ । डुअल क्यामेरा र फास्ट चार्जिङ टाइपी सी पोर्टका उपलब्ध 'ए' सिरिजको इन्ट्री लेभलको फोन सार्वजनिक गरेको हो ।

यो फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ तोकिएको छ । ३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल मेमोरी दिइएको फोनमा माइक्रो एसडीमार्फत १ टीबीसम्म स्टोरेज बढाउन सकिन्छ ।

फोनमा मेन क्यामेरा १३ मेगापिक्सेल र डेप्थ सेन्सर २ मेगापिक्सेलको छ । त्यस्तै ५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । ६.५ इन्च स्क्रिन रहेको फोनमा ५००० एमएएचको ब्याट्री उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: पुस २०, २०७९ २१:४३